जेसीज् स्कुलका विद्यार्थीको मधुमेह जाँंच ः एक सय पाँंच विद्यार्थी लाभान्बित
फाल्गुन २०, २०८०, आइतबार | दिउँसो ०२:२४ बजे | 75
जेसीज् माध्यमिक विद्यालयले ४५ औँ वार्षिकोत्सव कार्यक्रमको अवसरमा धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा यस विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूका अभिभावकहरूको मधुमेह जाँच कार्यक्रम सम्म गरेको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिका वडा नं ०२ का वडाअध्यक्ष श्री हरिप्रसाद वासुकला ज्यूले मानिस जीवनमा स्वास्थ्यलाई ध्यानमा राखि आपूmलाई स्वस्थ राख्न कोसिस गर्नुपर्ने बारे कार्यक्रममा सहभागी विद्यालयका विद्यार्थी, शिक्षक÷कर्मचारी एवम् कक्षा १ देखि कक्षा ५ सम्मका अभिभावकहरूलाई जोड दिनुभयो । जेसीज् माध्यमिक विद्यालयले विगतदेखि शिक्षा, खेलकुद र स्वास्थ्यमा गरिदै आएका कार्यहरूको उच्च मुल्यांकन गर्नुभई आगामी दिनहरूमा अझ थप उर्जाशील भई अघि बढ्न शुभकामना समेत ब्यक्त गर्नुभयो । प्रमुख अतिथि श्री हरिप्रसाद वासुकलाले नगर स्तरीय रूपमा भई रहेको गतिविधिहरूबारे जानकारी एवम् यसबाट जनतामा भएको सहयोगबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा यसै विद्यालयबाट प्रदेश स्तरीय एथ्लेटिक्स खेलमा सहभागी हुने विद्यार्थीहरूलाई आफ्ना परिवार, विद्यालय, समुदायको उच्च नाम राख्न भनि खेलाडी भाईवहिनीहरूलाई सफलताको कामना ब्यक्त गर्नुभयो ।
विद्यालयले संचालन गरेको उक्त कार्यक्रमबाट १०५ जना शिक्षक÷कर्मचारी एवम् अभिभावकहरूले जाँच गराउनुभएको थियो । कार्यक्रमको अवसरमा विद्यालयका प्रिन्सिपल श्री जयराम गोर्खालीले पनि समसामयिक विषयको बारेमा बोल्नुभयो । कार्यक्रमका सभापनि विद्यालय ब्यवस्थापन समितिका सल्लाहकार, भक्तपुर जेसीज्को पूर्व अध्यक्ष श्री श्रीचरण अमात्यज्यूले विद्यालयले गर्दै आएका नियमित गतिविधिहरूको खेलमा सहभागी हुने विद्यार्थीलाई सफलताको कामना ब्यक्त गरी विदा गर्नुभयो ।