विनायकका खेलाडीहरूलाई विदाई


फाल्गुन २०, २०८०, आइतबार | विहान १०:४७ बजे | 55


विनायकका खेलाडीहरूलाई विदाई

मध्यपुर ठिमी ,भक्तपुर शिक्षा ,अनुशासन एवं शारीरिक तथा मानसिक विकासका लागि खेलकुद भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै शैक्षिक गुणस्तरका साथसाथै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिएर राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादनमा जोड दिँदै आएको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुल, मध्यपुर ठिमी ,भक्तपुरले यही २०८० फागुन ३ गते भक्तपुर जिल्लाबाट छनोट भई बागमती प्रदेशको तर्फबाट खेल खेल्न सफल खेलाडीहरूको विदाई गर्यो ।राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा मध्यपुर नगरबाट प्रथम भई भक्तपुर जिल्लाबाटै उत्कृष्ट हुन सफल कबड्डीका दुईजना र शटफुट (छेलो) का एकजना गरी जम्मा तीन जना खेलाडीहरुलाई प्रदेश स्तरीय खेलका लागि जिल्ला खेलकुद विकास समितिको संयोजनमा चितवनमा हुन गइरहेको खेलकुद सप्ताहमा सहभागी हुन । उक्त खेलाडीहरूलाई राष्ट्रपति रनिङशील्ड प्रदेशस्तरीय खेलका लागि जिल्ला खेलकुद विकास समिति भक्तपुरले चितवन लगेको थियो। विद्यालयका प्रिन्सिपल सुरेन्द्र बिक्रम प्रजापतिले प्रदेश स्तरीय खेलमा पनि विजयको शुभकामना सन्देश पठाउनुभएको र विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले विदाईको खादा ओढाई अझ उत्कृष्ट प्रदर्शनको शुभकामना दिनुभएको उक्त विदाई समारोहमा शैक्षिक संयोजक शैलेन्द्र कुमार भट्टराईले समेत खेलाडी विद्यार्थीहरूको सफल तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो। प्रदेशस्तरीय खेलमा बागमती प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी हुन सफल खेलाडीहरू कबड्डीतर्फ रोहित प्रजापति र शक्ति तामाङ तथा सर्टफुटतर्फ गनबहादुर जिम्बा रहेका थिए

फाेटाेमा हेर्नुहाेस्...

विनायकका खेलाडीहरूलाई विदाई
विनायकका खेलाडीहरूलाई विदाई

Comments