महाशिवरात्रीको पूर्वसन्ध्यामा रथयात्रा हुने
फाल्गुन १८, २०८०, शुक्रबार | दिउँसो ०२:०४ बजे | 35
काठमाडौं । महाशिवरात्रीको पूर्वसन्ध्यामा काठमाडौंमा रथयात्रा हुने भएको छ । योगी नरहरिनाथ टष्ट आध्यात्मिक परिषद तथा कालीनागेश्वर शिव मन्दिर व्यवस्था समितिको आयोजनामा रथयात्रा हुने भएको हो । १५ औं पटक यस्तो कार्यक्रम हुन लागेको जनाइएको छ । रथयात्रा फागुन २३ गते बुधबार अपरान्ह एक बजेबाट हुने जनाइएको छ । रथयात्रा राजधानीको भीमसेनगोला पुरानो बानेश्वर, कालीनागेश्वर शिवमन्दिरबाट सुभारम्भ हुने जनाइएको छ । शिवपार्वती रथयात्राको उदघाटन सुरेन्द्र ढकाल प्रतिष्ठानका अध्यक्ष डा सुरेन्द्र ढकालबाट हुने जनाइएको छ ।
फाेटाेमा हेर्नुहाेस्...