एक सय सात जनाले गरे रक्तदान
फाल्गुन ७, २०८०, सोमबार | विहान ०९:१३ बजे | 35
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका वडा नं. ८ मिलरोड बोडेस्थित ग्लाडस्टोन एकेडेमीद्धारा आयोजित रक्तदान कार्यक्रममा १ सय ७ जनाले रक्तदान गरेका छन् । कार्यक्रम संयोजक नवराज खड्काका अनुसार ग्लाडस्टोन एकेडेमीद्धारा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते सोमबार आयोजित १५ औं खुल्ला रक्तदान कार्यक्रममा स्कुलका प्रिन्सिपल विनोद कुमार कोइराला सहित ६५ जना पुरुष र ४२ जना महिलासहित १ सय ७ जनाले रक्तदान गरि ऐतिहासिक कीर्तिमान कायम गरिएको बताउनु भयो । संयोजक खड्काले विगत वर्षहरुमा अन्य स्थानीय सामाजिक संघसंस्थासँगको सहकार्यमा भएको रक्तदानमा १ सय ३ जनाले रक्तदान गर्नुभएको तर यस वर्ष १ सय ७ जनाले रक्तदान गरेको जानकारी दिनुभयो ।
ग्लाडस्टोन एकेडेमीका प्रिन्सिपल विनोद कुमार कोइरालाले विगत १५ वर्षदेखि प्रत्येक वर्षको फागुन ७ गते प्रजातन्त्र दिवसको दिनमा रक्तदान कार्यक्रमलाई निरन्तरता दिदैं आएको जानकारी दिदैं विगत वर्षहरुमा स्थानीय विभिन्न संघसंस्थासँग सहकार्य गरेर रक्तदान कार्यक्रम आयोजना गरिएको तर यस वर्र्ष ग्लाडस्टोन एकेडेमीले मात्रै कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । सामाजिक जनउत्तरदायित्व अन्तर्गत गरिएको रक्तदानमा शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी, पूर्वविद्यार्थी एवं शुभेच्छुकहरुले रक्तदान गर्नुभएको प्रिन्सिपल कोइरालाले बताउनु भयो । स्कुलको प्रा»्गण मा आयोजित कार्यक्रममा ७० पटक भन्दा बढि रक्तदान गर्नुभएका महिलाहरुले पनि स्वस्फूर्त रुपमा रक्तदान गर्नुभएको उक्त कार्यक्रमका संयोजक नवराज खड्काले जानकारी दिनुभयो ।
फाेटाेमा हेर्नुहाेस्...