थिमिमा पहिलाे पटक मध्यपुर थिमि नगरब्यापी भजन प्रतियोगिताकाे आयाेजना


फाल्गुन ४, २०८०, शुक्रबार | दिउँसो १२:०५ बजे | 20


थिमिमा पहिलाे पटक मध्यपुर थिमि नगरब्यापी भजन प्रतियोगिताकाे आयाेजना

मध्यपुर थिमि । परम्परागत भजनलाई युवा तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने मुख्य उद्देश्यले पञ्चरंग भजन समूह र कुतिंचिवा भजन खल:ले संयुक्तरूपमा मध्यपुर थिमिमा पहिलाे पटक मध्यपुर थिमि नगरब्यापी भजन प्रतियोगिताकाे आयाेजना गर्ने भएकाे छ । मध्यपुर थिमि नगरपालिकाकाे सहयाेगमा यही फागुन २५ गते शुक्रवार महाशिवरात्रीकाे पावन अवसरमा हुने उक्त प्रतियाेगितामा प्रथम, द्वितीय, तृतिय र सान्त्वना हुने भजन खलःलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार र २ हजार नगद सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने आयाेजक संस्थाका काेषाध्यक्ष अमुना श्रेष्ठले जानकारी दिनुभयाे । नगरभित्रका करिव ७५ वटा भजन/खलः रहेकाे तथ्यांक रहेकाे भन्दै आयाेजक समुहका अध्यक्ष कान्छाकाजी प्रजापतिले प्रतियोगितामा करिव २० वटा भजन खलःहरूकाे सहभागिता हुने अनुमान गरेकाे बताउनुभयाे । समूहका अध्यक्ष प्रजापतिले प्रतियोगितामा करिव ४ लाख खर्च हुने अनुमान गरेकाेमा २ लाख रूपैयाँ मध्यपुर थिमि नगरपालिकाले सहयाेग गर्ने आश्वासन पाएकाे र बाकी २ लाख रूपैयाँ स्थानीय ब्यक्ति तथा सामाजिक संघसंस्थाबाट आर्थिक सहयाेग संकलन गर्ने याेजना रहेकाे बताउनुभयाे । प्रतियोगिता निष्पक्ष हाेस् भनेर ४ जनाकाे निर्णायक मध्यपुर थिमि बाहिरका व्यक्ति रहने भन्दै अध्यक्ष प्रजापतिले प्रतियोगितामा एउटा भजनलाई बढिमा १५ मिनेटकाे समय दिएकाे समेत बताउनुभयाे ।

फाेटाेमा हेर्नुहाेस्...

थिमिमा पहिलाे पटक मध्यपुर थिमि नगरब्यापी भजन प्रतियोगिताकाे आयाेजना

Comments