पेवेल नेपालले रक्तदान कार्यक्रम सञ्चालन गर्ने


फाल्गुन २, २०८०, बुधबार | विहान ०९:११ बजे | 35


पेवेल नेपालले रक्तदान कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं । पेवेल नेपालले रक्तदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्पनीले जीवन बचाउ पहलको लागि फागुन ५ गते शनिबार ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म नारायण चौर नक्साल काठमाडौंमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने लागेको हो ।

कम्पनीले हिमाल ब्लड ट्रान्सफ्युजन सेन्टर र ब्लड फर नेपालसँगको सहकार्यमा रक्तदान कार्यक्रम घोषण गरेको हो । ‘यो महत्वपुर्ण कार्यक्रम हाम्रो समुदायमा रगत आपूर्तिको गम्भीर अभावलाई सम्बोधन गर्ने र जीवन बचाउने लक्ष्य राख्य’ को कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

साथै, रक्तदान कार्यक्रमले करुणामय व्यक्तिहरूलाई एक महान कार्यमा योगदान गर्ने अवसर प्रदान गर्नेछ र रक्तदान गरेर, सहभागीहरूले प्रत्यक्ष रूपमा चिकित्सा आपतकालिन शल्यक्रियाहरू, वा दीर्घकालीन रोगहरूको कारण रक्तक्षेपणको आवश्यकता परेका बिरामीहरूको जीवनलाई प्रत्यक्ष प्रभाव पार्न सक्छ कम्पनीले जानकारी दिएको छ ।

Comments