भक्तपुरमा दादुरा रुवेला खोप अभियानबारे अभिमुखीकरण
फाल्गुन १, २०८०, मङ्गलबार | दिउँसो ०१:१५ बजे | 20
भक्तपुर । भक्तपुरमा मंगलबार दादुरा रुवेला खोप अभियान २०८० बारे अभिमुखीकरण भएको छ । जिल्ला खोप समन्वय समिति र स्वाथ्य कार्यालय कटुञ्जे भक्तपुरको संयुक्त आयोजनामा र दादुरा रुवेला खोप अभियान २०८० जिल्ला खोप समन्वय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिको सभापति एवं जिल्ला खोप समन्वय समितिका संयोजक इश्वरबहादुर थापाले खो अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न कार्यक्रम गरिएको जानकारी गराए । कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरकी उपसभापति सुजाता बाडे, सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौला, जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अस्मिता ओझा, डा सागर शाक्यलगायले खोप अभियानलाई पूर्ण रुपमा सफल बनाउन सवैको सहयोगको अपेक्षा राखे ।
फाेटाेमा हेर्नुहाेस्...