तेश्रो भक्तपुर कपबारे जानकारी दिन पत्रकार सम्मेलन


माघ २९, २०८०, सोमबार | दिउँसो ०२:४९ बजे | 35


तेश्रो भक्तपुर कपबारे जानकारी दिन पत्रकार सम्मेलन

भक्तपुर । तेश्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिताबारे जानकारी दिन सोमबार भक्तपुरमा पत्रकार सम्मेलन गरिएको छ । आयोजक भक्तपुर युवा टिमले सम्मेलनमार्फत् प्रतियोगिताबारे जानकारी गराएको हो । योजक भक्तपुर युवा टिमको पछिल्लो बुधबारको बैठकले यो वर्ष फागुन १८ गतेदेखि २६ गतेसम्म प्रतियोगिता गर्ने निर्णय गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगिता महेश्वरी खेल मैदानमै हुनेछ ।
आयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले प्रतियोगितामा प्रथम हुने विजेतालाई एक लाख २५ हजार र द्धितीय हुने उपविजेता टिमलाई ६५ हजार नगद पुरस्कार दिने निर्णय भएको जानकारी गराए । प्रतियोगितामा सहभागी हुने टिम क्लवले दर्ता शुल्क १२ हजार पाँंच सय तोकिएको उनले जनाए । खेल अवधिभर खेलाडीहरुको विमाको जिम्मेबारी आयोजक टिमले लिने उनले सुनाए ।
पत्रकार सम्मेलनमा युवा टिमका संस्थापक अध्यक्ष एवं सल्लाहकार विश्वराम कवां, अर्का सल्लाहकार एवं भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवां, सल्लाहकार श्रीकृष्ण किसी, पूर्व अध्यक्ष  तुल्सीराम ग्वाछा, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, टिमका सचिव रामेश्वर मचामसी, प्रतियोगिता संयोजक सुरेश कवांलगायतले प्रतियोगिताका विविध विषयहरुबारे चर्चा गरे । 
प्रत्येक वर्ष निरन्तर दुई पटकसम्म सफलतापूर्वक प्रतियोगिता गरेको युवा टिमले तेश्रो संस्करण आयोजना गर्ने जानकारी गराएको हो । भक्तपुरमा फुटबलमय वातावरण सिर्जना गर्ने उद्देश्यअनुरुप तेस्रो संस्करणको प्रतियोगिता गर्ने निष्कर्षमा आयोजक टिम पुगेको बताइयो । प्रतियोगितालाई सफल बनाउन गत वर्ष जस्तै सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको छ ।
भक्तपुरको खेलकुद र सामाजिक कार्यलाई प्रभावकारी बनाउन मित्रता अनुशाशन र स्वास्थको लागि खेलकुद भन्ने नाराका साथ भक्तपुर युवा टिम २०५० सालमा गठन भएको थियो । टिमले पहिलो पटक  २०७८ फागुन ६ देखि १४ सम्म खुल्ला पहिलो भक्तपुर कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । दोश्रो पटक २०९ फागुन ५ देखि १३ गतेसम्म सफलतापूर्वक सम्पन्न गरेको थियो । 
तेस्रो भक्तपुर कप २०८०
प्रेस विज्ञप्ति
समाजमा रहेका हरेक मानिसका लागि खेलकुद अपरिहार्य छ । शारीरिक व्यायाम र तनावबाट मुक्त हुनको लागि खेलकुद एक महत्वपूर्ण गतिविधिको रूपमा लिने गरिन्छ । खेल र व्यायामशाला जति बढी हुन्छ देशमा अस्पतालको संख्या बढाउनुपर्दैन भन्ने मान्यता रहेको छ ।
उपस्थित पत्रकार, खेलाडी, खेलप्रेमी, टीमका पदाधिकारी, सल्लाहकार तथा शुभचिन्तक महानुभावहरू,
मित्रता, अनुशासन र स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ वि।स। २०५० सालमा स्थापित यस भक्तपुर युवा टीमले विभिन्न समयमा विविध खेलकुदको आयोजना गर्नुका साथै विभिन्न क्षेत्रमा हुने खेलकुद प्रतियोगितामा खेलाडीहरूलाई सहभागी गराएर विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, अम्पायर, रेफ्री उत्पादन गर्न सफल भएको व्यहोरा विदितै छ । स्थापनाकालदेखि खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका निभाउँदै आएको यस टीमले विगतमा कोभिड(१९ को सामान्य अवस्थामा पुगेपछि २०७८ फागुन ६(१४ गतेसम्म प्रथम भक्तपुर कप(२०७८ सम्पन्न गरेको थियो । त्यसका साथै खेलाडी, खेलप्रेमी, शुभचिन्तकलगायत विभिन्न क्षेत्रबाट भक्तपुर कपलाई निरन्तरता दिनुपर्ने सल्लाह र सुझाव प्राप्त भइरह्यो । सोअनुसार दोस्रो भक्तपुर कप(२०७९ ९२०७९ फागुन ५(१३० गतेसम्म सम्पन्न भयो ।
यस अर्थमा पनि टीमलाई निरन्तर प्राप्त भइरहेको सल्लाह र सुझाव मनन गरी मिति २०८०।१०।२४ गते बसेको टीमको बैठकको पुनः एक पटक यस टीमको आयोजनामा यही २०८० फागुन १८ गतेदेखि २६ गतेसम्म महेश्वरी खेल मैदान, भक्तपुरमा खुला फुटबल प्रतियोगिता भक्तपुर कप(२०८० ९तेस्रो भक्तपुर कप २०८० सञ्चालन गर्ने निर्णय भएको व्यहोरा औपचारिक रूपमा आजको यस पत्रकार सम्मेलन तथा भेलामा जानकारी गराउँदछु । प्रतियोगिताको विजयी टोलीले ट्रफीसहित नगद रू।१,२५,०००।( ९एक लाख पच्चीस हजार रूपैयाँ मात्र० र उपविजेताले ट्रफीसहित नगद रू।६५,०००।( ९पैसाठी हजार रूपैयाँ मात्र० पुरस्कार प्राप्त गर्नेछ भने प्रतियोगिताको प्रत्येक खेलमा एक जना उत्कृष्ट खेलाडी र एक जना उदयीमान खेलाडीलाई पनि सम्मान गरिनेछ ।
भक्तपुरमा विभिन्न खेलमार्फत खेलाडीहरू विकास गर्ने उद्देशयका साथ टीमका साथीहरू लागिपरेको छ र आगामी दिनमा पनि त्यही जोश र जाँगरका साथ अगाडि बढ्ने छ । भक्तपुर कप(२०८० को तयारीमा टीमका साथीहरू निरन्तर सक्रियतापूर्वक लागिरहेको जानकारी गराउन चाहन्छु ।
टीमको आयोजनामा भएका प्रथम भक्तपुर कप(२०७८ र दोस्रो भक्तपुर कप(२०७९ मा आर्थिक, भौतिक र नैतिक रूपमा सहयोग गर्नुहुने विभिन्न निकाय, पत्रकार, सञ्चार माध्यम, संघसंस्था, विद्यालय, उद्योग, व्यवसाय, व्यक्ति, शुभचिन्तकलायायत सम्पूर्णप्रति टीम हार्दिक कृतज्ञता ज्ञापन गर्दै तेस्रो भक्तपुर कप(२०८० मा पनि विगतमाजस्तै अमूल्य सहयोग प्राप्त हुने अपेक्षा गर्दछु । धन्यवाद ।
केशव त्वानाबासु
अध्यक्ष
२०८० माघ २९ गते, सोमबार

फाेटाेमा हेर्नुहाेस्...

तेश्रो भक्तपुर कपबारे जानकारी दिन पत्रकार सम्मेलन
तेश्रो भक्तपुर कपबारे जानकारी दिन पत्रकार सम्मेलन
तेश्रो भक्तपुर कपबारे जानकारी दिन पत्रकार सम्मेलन
तेश्रो भक्तपुर कपबारे जानकारी दिन पत्रकार सम्मेलन

Comments