दोस्रो हिसान भक्तपुर फुटसल प्रतियोगिता २०८० सम्पन्न


माघ २८, २०८०, आइतबार | दिउँसो ०३:४६ बजे | 25


दोस्रो हिसान भक्तपुर फुटसल प्रतियोगिता २०८० सम्पन्न

हिसान भक्तपुरको आयाेजना र काठमाडौं वर्ल्ड स्कुलकाे संयाेजनमा यही माघ २७ र २८ गते दोस्रो हिसान भक्तपुर फुटसल प्रतियोगिता २०८० सम्पन्न भएको छ । यस प्रतियोगितामा छात्रतर्फ काठमाडौं वर्ल्ड स्कुल र छात्रातर्फ जनप्रेमी वर्ल्ड स्कुल विजयी भएका छन्। त्यसैगरी, छात्रतर्फ एस एस कलेजले फेयर प्ले अवार्ड प्राप्त गर्न सफल रह्यो भने छात्रातर्फ अक्स्फोर्ड प्राक्टिकल स्कुलले फेयर प्ले अवार्ड प्राप्त गरेको छ। व्यक्तिगत विधाको छात्रतर्फ टप स्कोरर र उत्कृष्ट खेलाडीको उपाधी काठमाडौं वर्ल्ड स्कुलका क्रीस बिस्ट र उत्कृष्ट गोल रक्षकको उपाधी काठमाडौं वर्ल्ड स्कुलकै अविनव दाहालले प्राप्त गरे । त्यसैगरी छात्रातर्फ टप स्कोरर र उत्कृष्ट खेलाडीको उपाधी जनप्रेमी वर्ल्ड स्कुलकी भवानी सुनार र उत्कृष्ट गोल रक्षकको उपाधी जनप्रेमी वर्ल्ड स्कुलकी मनिका तामाङले प्राप्त गरीन् । माघ २० गते हिसान भक्तपुरको अध्यक्ष अनिल कसपाल र काठमाडौं वर्ल्ड स्कुलकाे शैक्षिक प्रमुख गाैरव शर्माद्वारा उद्घाटन गरिएकाे याे प्रतियोगिता हिसान भक्तपुरकाे अध्यक्ष अनिल कसपालकाे सभापतित्वमा सूर्य विनायक नगरपालिकाकाे वडा नम्बर ७ का वडा अध्यक्ष तथा सुर्य विनायक नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाकाे प्रमुख आतिथ्यता, भक्तपुर जिल्ला खेलकुद विकास समितिकाे अध्यक्ष दिपक थापाकाे विशेष आतिथ्यतामा, काठमाडौं वर्ल्ड स्कुलकाे शैक्षिक प्रमुख गाैरव शर्मा र सिनियर स्कुल संयाेजक प्रणव जाेशीकाे उपस्थितिमा पुरस्कार वितरण गरियो । यस प्रतियोगितामा प्राथमिक उपचार र अन्य स्वस्थ्य सेवाको लागि मध्यपुर अस्पताले सहयोग गरेकाे जानकारीहिसान भक्तपुरकाे अध्यक्ष अनिल कसपालले जानकारी गराउनुभयाे ।

फाेटाेमा हेर्नुहाेस्...

दोस्रो हिसान भक्तपुर फुटसल प्रतियोगिता २०८० सम्पन्न
दोस्रो हिसान भक्तपुर फुटसल प्रतियोगिता २०८० सम्पन्न
दोस्रो हिसान भक्तपुर फुटसल प्रतियोगिता २०८० सम्पन्न
दोस्रो हिसान भक्तपुर फुटसल प्रतियोगिता २०८० सम्पन्न

Comments