भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता हुने


माघ २८, २०८०, आइतबार | दिउँसो १२:४२ बजे | 55


भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता हुने

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यस वर्ष भक्तपुर नपाले फागुनको अन्तिम सातामा अन्तरनगर महिला कबड्डी प्रतियोगिता गर्ने घोषणा गर्नुभएको छ । उहाँले सप्ताहव्यापी रुपमा सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको समापन समारोहमा बोल्दै यसबारे जानकारी गराउनुभएको हो । प्रतियोगितामा ७८ वटा विद्यालयको सक्रिय सहभागिताले भक्तपुर नपालाई अगामी दिनहरुमा यस्ता खेलकुद गतिविधि सञ्चालन गर्न ऊर्जा मिलेको बताउनुभयो । सक्रिय व्यक्तिको आयु लामो हुने बताउँदै प्रमुख प्रजापतिले शिक्षा र स्वास्थ्यमा अगाडि बढेको देशको विकास पनि तीव्र रुपमा भइरहेको दृष्टान्तहरु प्रस्तुत गर्नुभयो ।

Comments