विनायकमा कराते र जिमनस्टिक प्रतियोगिता सम्पन्न
माघ २६, २०८०, शुक्रबार | दिउँसो १२:३२ बजे | 30
मध्यपुर ठिमी भक्तपुर
शिक्षा र खेलकुदका माध्यमबाट विद्यार्थीहरूलाई युग सुहाउँदो तथा समय सापेक्ष वैज्ञानिक र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुल मध्यपुर ठिमी भक्तपुरमा यही २०८० माघ २६ गते अन्तरविद्यालय स्तरीय कराते र जिम्नस्टिक च्याम्पियनसिप प्रतियोगिताको आयोजना गरियो। विनायक शिक्षा निकेतन , क्रिएटिभ लर्नर्स तथा गोल्डेन फ्युचरमा कराते प्रशिक्षण लिइरहेका विद्यार्थीहरु बीच सम्पन्न उक्त कार्यक्रममा विनायक शिक्षा निकेतनका विद्यार्थीहरुले सिङ्गल इभेन्ट र टिम इभेन्टमा उत्कृष्ट स्थान हासिल गर्न सफल भएका थिए ।मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विनायक शिक्षा निकेतन इङ्लिस स्कुलका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले शुभकामना मन्तव्य दिँदै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने उक्त कार्यक्रममा बोल्दै आजका यी कलिला मन र मस्तिष्कमा भाइचाराको सम्बन्ध स्थापना गर्न र आफ्नो क्षमता र शिपलाई प्रस्तुत गर्नेअवसर प्रदान गर्न यो कार्यक्रमको आयोजना गरिएको कुरा बताउनु भयो। विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले स्वागत तथा धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा करातेका राष्ट्रिय रेफ्री गणेश सुकमनी र प्रशिक्षक सुमी श्रेष्ठ निर्णायक तथा अतिथिको रुपमा रहनुभएको थियो। त्यस्तै सोही दिन विनायकमा जिम्न्यास्टिक प्रशिक्षण लिइरहेका विद्यार्थीहरूका बीचमा अभिभावकको उपस्थितिमा जिमन्यास्टिक प्रदर्शन कार्यक्रमको कार्यक्रमको आयोजना समेत गरियो । प्रशिक्षक तथा कोच विजेन्द्र श्रेष्ठ र सुमन तामाङको संयोजकत्वमा आयोजित उक्त कार्यक्रममा बिजयिविद्यार्थीहरू लाई अतिथि अभिभावक हरु उषा पजापति र नबिन श्रेष्ठ ले पदक तथा पमाणपत्र बितरण गरेका थिए। सो प्रदर्शन अवलोकन पश्चात अभिभावकहरुले विद्यालयको यस प्रकारको कार्यको मुक्तकण्ठले प्रशंसा गरेका थिए।
फाेटाेमा हेर्नुहाेस्...