वी किड्स स्कूल सूर्यविनायकमा स्पोट्स कार्निभल २०८०


माघ २२, २०८०, सोमबार | विहान ०७:४९ बजे | 55


वी किड्स स्कूल सूर्यविनायकमा स्पोट्स कार्निभल २०८०

सूर्यविनायक । वी किड्स स्कूलको स्पोट्स कार्निभल २०८० भएको छ । उदघाटन कराते खेलवाट शुरू भएको थियो । उदघाटन कार्यक्रमको सभापति विद्यालयकी प्रिन्सिपल मन्जु दुवाल रहेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि सितोरियो कराते संघका अध्यक्ष दावा गुरूङ्ग रहेका थिए भने महासचिव, पदाधिकारीहरू एवं वरिष्ठ गुरूहरु रहेका थिए । साथै ग्रेडिङ्गका संयोजक रेफ्री रामशरण त्वाती (एशियन कराते रेफ्री) पनि रहेका थिए । कार्यक्रम संचालिका विद्यालयकी एकेडेमिक कोअर्डिनेटर श्रीदेवी कर्माचार्य रहेकी थिइन् भने स्वागत मन्तव्य विद्यालयकी शिक्षिका सृजना बासुकलाले गरेकी थिइन् । 
विद्यावयका विद्यार्थीहरूवाट मार्चपाससहित शुरू भएको स्पोट्स कार्निभल २०८० को प्रमुख अतिथिवाट पानसमा बत्ती बाली उदघाटन गरिएको थियो । स्पोट्स कार्निभलको पहिलो दिन कराते खेलवाट शुरू भएको थियो । कराते स्पाईरल      (प्रतियोगिता) हुनुका साथै विद्यार्थीहरूवाट करातेको काटाँ प्रदर्शन गरिएको थियो । सोको प्रमुख अतिथि तथा अतिथिहरूवाट रूचिपूर्वक अवलोकन भएको थियो । 
ग्रेडिङ्गमा सफल विद्यार्थीहरूलाई प्रमुख अतिथि दावा गुरूङ्गले प्रमाणपत्र तथा ओरेन्ज बेल्ट वितरण गरिएको थियो । प्रमुख अतिथिले कराते खेल आत्मरक्षाको मात्र नभई व्यक्तित्व विकासमा महत्वपुर्ण हुने, समाज, देशको प्रतिष्ठाको लागि रहेको विचार व्यक्त गरे । हरेक क्षेत्रमा कराते खेलसंग सम्वन्ध व्यक्तिहरू नै नेतृत्वमा अगाडि रहको उनले बताए । विद्यालयले कराते खेललाई प्राथमिकतामा राखी भविष्यमा खेलाडीको उत्पादन तथा देशका लागि सही सक्षम अनुशासित नेतृत्व विकासका लागि पहल गरेकोमा धन्यवाद दिइएको थियो । 
सभापति विद्यालयकी प्रिन्सिपल मन्जु दुवालले खेलले विद्यार्थहरूको शारीरिक विकास मात्र नभई मानसिक र व्यक्तित्व विकासमा सहयोग पुग्ने र अनुशासित रहन सिकाउने माध्यम रहेको वताइन् 
प्रमुख अतिथि, अतिथि, अभिभावकहरूलाई अमुल्य समय र उपस्थित भई विद्यार्थीहरूलाई उत्प्रेरणा दिएकोमा धन्यवादका साथ आभार व्यक्त गरिएको थियो । ग्रेडिङ्मा सफल विद्यार्थीहरूलाई बधाई र शुभकामना दिदै कार्यक्रम सम्पन्न भएको थियो । 

फाेटाेमा हेर्नुहाेस्...

वी किड्स स्कूल सूर्यविनायकमा स्पोट्स कार्निभल २०८०
वी किड्स स्कूल सूर्यविनायकमा स्पोट्स कार्निभल २०८०
वी किड्स स्कूल सूर्यविनायकमा स्पोट्स कार्निभल २०८०
वी किड्स स्कूल सूर्यविनायकमा स्पोट्स कार्निभल २०८०

Comments