थिमिमा क्यान्सर राेग सम्बन्धि जनचेतनामूलक मैनवत्ती रयाली
माघ २१, २०८०, आइतबार | दिउँसो ०१:१८ बजे | 35
विश्व क्यान्सर दिवसकाे अवसर पारेर रक्षा क्यान्सर केयर साेसाईटीले क्यान्सर राेग सम्बन्धि जनचेतनामूलक मैनवत्ती र्याली निकालेकाे छ । मध्यपुर थिमि नगरपालिकाका वडा नं. ४ का वडाध्यक्ष बालकृष्ण पात्या श्रेष्ठले उद्घाटन गरेकाे उक्त र्याली दुईपाेखरीबाट शुरू भई लायकु, दथुटाेल, बालकमारी हुँदै शंखधरचाेकस्थित राष्ट्रिय बिभुति शंखधर साख्वा शालिककाे प्राङ्गणमा पुगी सम्पन्न भएकाे थियाे । नगरभित्रका विभिन्न समाजिक संघसंस्थाका प्रतिनिधि, समाजसवी, सञ्चारकर्मी, महिला स्वयमसेवक तथा राेटरी क्लव अफ मध्यपुरका पदाधिकारी तथा आयाेजक संस्थाका पदाधिकारीहरूकाे सक्रिय सहभागीता रहेकाे साे अवसरमा क्यान्सर राेग बिशेषज्ञ डा.राेशन प्रजापति र सृष्टि श्रेष्ठ प्रजापतिले क्यान्सर राेगबारे बाेल्नु भएकाे थियाे । र्यालीकाे क्रममा क्यान्सर राेग सम्बन्धि पर्चा समेत बितरण गरेकाे थियाे ।
फाेटाेमा हेर्नुहाेस्...