आज टौमढीमा ५० मिनेटको ५० वटा धिमे बोली


माघ २०, २०८०, शनिबार | विहान ०७:५१ बजे | 60


आज टौमढीमा ५० मिनेटको ५० वटा धिमे बोली

भक्तपुर । भक्तपुरको टौमढीमा आज शनिबार साँंझ पहिलो पटक बोली प्रदर्शन हुने भएको छ । ५० मिनेटको, ५० वटा धिमे बोली, ५० जना कलाकारले ५० स्टेप नाँच र ५० वटा धाँ बाजाको बोली प्रर्दशनी गरिने भएको हो । भक्तपुर नगरपालिका वडा नं ८ लिवानीस्थित निओ फ्युजन बाजा समूह र भनपा ७ इनाचोस्थित निओ फ्युजन स्कुल अफ कम्प्युटर इन्ष्टिच्युटको संयुक्त आयोजनामा प्रदशनी गरिने भएको हो ।
निओ फ्युजन स्कुल अफ कम्प्युटर इन्ष्टिच्युटका संस्थापक बालकृष्ण बनमालाले हाम्रो संस्कृतिक बाजागाजालाई चाडपर्व, ब्रतबन्ध, राजनीतिक सभा वा कार्यक्रमको उदघाटनमा मात्रा प्रस्तुत गर्ने प्रचलन चिर्न यो कार्यक्रमको आयोजना गरेको बताए । यसबाहेक पनि हाम्रो बाजाको प्रस्तुति दिन सकिन्छ, उनले भने । हाम्रो पुराना बाजागाजा घर, टोल, पाटी र चाडपर्वमा मात्र बजाउने भएर लोप हुँदै गएको उनको बुझाई छ । बाजा चाडपर्व वा कुनै कार्यक्रम उदघाटन गर्नको लागि मात्र नभएको उनी सुनाउँछन् । यसलाई समयसमयमा यसरी प्रर्दशनी गर्नुपर्ने उनको विशेष जोड छ । यसलाइ प्रर्दशनी गर्न जात्रा, चाडपर्व कुर्न नपर्ने उनको जिकिर छ ।
निओ फ्युजन बाजा समूहका अध्यक्ष सबिन लेबाले बाजा प्रशिक्षार्थीलाई आफूले सिकेको बाजागाजा प्रस्तुत गर्ने अवसर निरन्तर भइराख्नुपर्नेमा जोड दिए । यसो भए मात्रै सिकेको शीपलाई दीर्घकालसम्म सम्झिरहने उनको भनाई छ । यसले एकातिर शीप प्रस्तुत हुने र अर्काेतिर बाजा बजाउन विसर्ने समस्या नहुने भनाई राखे ।  
यसअघि टौमढीमा प्रदर्शन गर्नुअघि बाजा खलहरु बाजागाजामा लिवालीदेखि टौमढीसम्म रयाली गरेर जाने जनाइएको छ । रयालीमा सयौं बाजागाजा प्रेमीको सहभागिता रहने जनाइयो । 

Comments