खेललाई औपचारिकतामा मात्र सिमित राख्न नहुने


माघ २०, २०८०, शनिबार | विहान ०६:४६ बजे | 55


खेललाई औपचारिकतामा मात्र सिमित राख्न नहुने

भक्तपुर । नेपाल मजदुर किसान पाटीको ५०औं स्थापना दिवसको अवसरमा भक्तपुर नगरपालिका ७ नं. वडा खेलकुद समितिको आयोजनामा ५ कि.मी. दौड प्रतियोगिता शनिबार बिहान सम्पन्न भयो ।

कार्यक्रमको समापन, प्रमाणपत्र तथा पुरस्कार वितरण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले नेपाल मजदुर किसान पार्टीको इतिहास लामो भएको बताउनुहुँदै नेमकिपाको इतिहास अध्ययन गर्नुपर्ने र नेमकिपाको स्थापना दिवसको अवसरमा देशका जिल्लाजिल्लामा विविध गतिविधि भइरहेको बताउनुभयो ।

उहाँले नेमकिपाले पाँच दशक पार गर्दा के ग¥यो भन्नेहरूले शिक्षा, स्वास्थ्य र पर्यटनमा सबैभन्दा पछि परेको जिल्ला भक्तपुर शिक्षा र ज्ञान विज्ञानको केन्द्रको रूपमा स्थापना भएको र पर्यटकको आकर्षक केन्द्रको रूपमा विकास गर्न सफल भएको प्रष्ट पार्नुभयो ।

नेमकिपाको परिचय भनेको नै साम्राज्यवाद, विस्तारवाद र संशोधनवादको निरन्तर विरोध गरिरहकोबाट प्रष्ट हुने विचार व्यक्त गर्नुहुँदै पार्टीले सडक र सदनमा एक्लै भएपनि देश र जनताको हित विपरित हुने क्रियाकलापको विरोध गरिरहने बताउनुभयो ।

उहाँले खेललाई औपचारिकतामा मात्र सिमित राख्न नहुने भएकोले युवाहरूलाई कुनै न कुनै खेलमा संलग्न गराउन प्रत्येक वडामा वडा खेलकुद समितिको स्थापना गरेको बताउनुभयो ।

भक्तपुर नगरपालिका ७ नं. वडाका अध्यक्ष उकेश कवांले खेलकुदको छुट्टै विश्वविद्यालय बनाउनुपर्ने र त्यसो भएमा मात्र खेलका विशेषज्ञ र खेलाडिको विकस हुने बताउनुभयो ।

उहाँले नेपाल मजदुर किसान पार्टीको धारणा अनिवार्य सैनिक तालिम हुनुपर्ने रहेको बताउनुहुँदै पञ्चायतकालमा किसानका छोराछोरीले खेलकुदमा सहभागी हुँदा नराम्रो नजरले हेर्ने र सहभागी खेलाडिहरूलाई खेलमा असफल बनाउन अनेक बाधा अडचन हाल्ने काम गरेको स्मरण गराउनुभयो ।

समाजसेवी एवम् भक्तपुर युवा टीमका संस्थापक अध्यक्ष विश्वराम कवांले खेलकुदमा लाग्दैमा पढाइ बिग्रन्छ भन्ने धारणा धेरै विद्यार्थी र अभिभावकमा रहेको बताउनुहुँदै त्यस्तो गलत सोच नराखी खेल र पढाइलाई संगसंगै लानुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतियोगितामा पुरूषतर्फ विश्वराम कुँवर प्रथम, अम्मराज थापा द्वितीय र नमराज मैनाली तृतीय हुन सफल भए । त्यसैगरी महिलातर्फ क्याथ्रिन बासुकला प्रथम, पृथुजा गोर्खाली द्वितीय र जेसिका दुवाल तृतीय हुन सफल भए । विजेता खेलाडिहरू प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगदसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

७ नं. वडा खेलकुद समितिका अध्यक्ष केशब त्वानाबासुको सभापतित्वमा भएको समापन कार्यक्रममा समितिका बालकृष्ण साँदले पनि खेलको महत्व र आवश्यकताको विषयमा विचार व्यक्त गर्नुभएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

खेललाई औपचारिकतामा मात्र सिमित राख्न नहुने

Comments