विनायकमा स्पोर्ट्स फेट उद्घाटन
माघ १९, २०८०, शुक्रबार | विहान ०४:४६ बजे | 35
मध्यपुर ठिमी भक्तपुर शिक्षा तथा खेलकुदका माध्यमबाट गुणस्तरीय तथा आत्मनिर्भर नागरिक तयार गर्ने उद्देश्य बोकेको उत्कृष्ट विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस सेकेन्डरी स्कुल मध्यपुर ठिमी भक्तपुरले यही २०८० माघ १८ गतेदेखि माघ २१ गतेसम्म विनायक स्पोर्ट फेट कार्यक्रमको आयोजना गर्यो। विद्यालयको इसीए विभागको संयोजनमा आयोजित उक्त कार्यक्रम विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले बेलुन उडाएर उद्घाटन गर्नुभएको थियो। विशेष गरेर विद्यार्थीहरुलाई चारवटा समूहमा विभाजित गरी आयोजित उक्त कार्यक्रम कार्यक्रममा चारवटै ठाउँमा विभिन्न खेलकुदहरू आयोजना गरिने विद्यालयका इ सि ए संयोजक शिवहरि प्रजापतिले जानकारी गराउनुभयो। सो उद्घाटन समारोहमा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले खेलकुद र शिक्षा एकअर्काका पर्याय भएकोले अनुशासनको दायरा भित्र रही विद्यालयले गुणस्तरीय र आत्मनिर्भर नागरिक तयार गर्ने उद्देश्यका साथ समयानुकूल प्रगतिवादी सोचकाे शिक्षा प्रदान गरिरहेको बताउँदै कार्यक्रम भव्य र सभ्य रुपमा सफल रहोस् भनी शुभकामना व्यक्त गर्नुभयो। सो कार्यक्रमलाई व्यवस्थित गर्न सिनियर समूह लाई पाँचगल ,मिडिल समूह सिद्धिकाली परिसर र प्राथमिक समूहलाई विद्यालयमै सञ्चालन गर्ने र खेलको प्रकृति अनुसार विभिन्न खेलमैदानमा विद्यार्थीहरुलाई लगिने कुरा विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले जानकारी गराउनुभयो।
फाेटाेमा हेर्नुहाेस्...