टाेखाको ऐतिहासिक सपनतीर्थ (सपनविनायक) मूर्तिको जिर्णाेद्वार तथा प्राणप्रतिस्थापन
माघ ४, २०८०, बिहीबार | विहान ०२:०८ बजे | 60
काठमाडौं । काठमाडौंकाे टाेखास्थित ऐतिहासिक सपनतीर्थ (सपनविनायक गणेश) मूर्तिको जिर्णाेद्वार तथा प्राणप्रतिस्थापन गरिएको छ । मन्दिरमा धार्मिक विधि र परम्पराअनुसार पूजाअर्चना गरी सपनतिर्थ द्यः छेंका परिवारको आयोजनामा मूर्तिको प्रतिस्थापन गरिएको हाे । सपनतिर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डंगोलका अनुसार धार्मिक तथा साँस्कृतिक परम्परा अनुसार जिर्ण भएको मूर्तिको स्थानमा नयाँ मूर्ति राख्नु पर्ने भएकाले सपनविनायका पूजारी समेत रहेका स्वर्गिय ज्ञानवीर तथा रत्नमाया डंगोलका छोराहरु धनवीर डंगोल, रामकृष्ण डंगोल र देवराज डंगोलले नयाँ मूर्तिको प्रतिस्थापना गरिएको हो । सपनविनायकको मूर्ति प्रतिस्थापन गर्ने कार्यमा रामकृष्ण डंगोलको विशेष योगदान रहेको छ । छोरा पाउने आशाले गणेशलाई पैसा वा लड्डु चढाउने वा अन्य भाकल गर्ने चलन यहाँ प्रचलित छ। ‘छोरा नभएको व्यक्तिलाई छोरा दिनेमा सपन विनायक गणेश देवताको प्रसिद्दी निकै छ। सपनतिर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डंगालले मनोकामना पूर्ण गरिदिने सपनविनायकलाई टोखाका नेवार समुदायले विशेष प्रकारले मान्ने गरिने बताउनुभयाे । सपनविनायक गणेश मूर्तिको जिर्णाेद्वार तथा प्राणप्रतिस्थापनमा मुलनायो हेमराज श्रेष्ठ , टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ,नेवाः गुथि टाेखाका अध्यक्ष रमेश नापित ,नेवाः गुथि टाेखाका महासचिव हेरकाजी डंगोल ,नेवाः गुथि टाेखाका सल्लाहकार अष्ट नारायण डंगोल,नायखिं बाजा ,सपनतीर्थ दाफा खल: ,सपनतीर्थ धिमेखल, सपनतिर्थ समितिका पदाधिकारी, र स्थानीयको उपस्थितिमा बाजागाजासहित सपनविनायक गणेशको मूर्तिको प्राण प्रतिष्ठाको गरिएकाे थियो ।