राष्ट्रपति रनिङ शिल्डको उपाधी भक्तपुर नगरपालिकालाई
पुष २९, २०८०, आइतबार | दिउँसो ०२:१८ बजे | 60
भक्तपुर । पौष २९; यो वर्षको भक्तपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भक्तपुर नगरपालिकाले जितेको छ । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मासबैभन्दा धेरै पदक जित्दै भक्तपुर नगरपालिकाले उपाधी जितेको छ । भक्तपुर नगरपालिका ३२ स्वर्ण सहित प्रथम भएको हो भने १९ स्वर्णले मध्यपुर नपा दोस्रो, ९ स्वर्णले सुर्यबिनायक नपा तेस्रो र ७ स्वर्णले चागुनारायण नपा चौथो भएको भक्तपुर जिल्ला खेलकुद बिकाश समितिका अध्यक्ष दिपक थापाले जानकारी दिएका छन् । १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि पूर्व उद्योगमन्त्री महेश बस्नेतले विज्ता नगरपालिकाहरु र खेलाडिहरुलाई शिल्ड प्रदान गर्नु भएको थियो । साथै विशेष अतिथिमा जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापा, नेपाल भलिबल सघका केन्द्रीय उपाध्यक्ष गौतम प्रसाद लाशीवा, नेशनल प्याव्सन जिल्ला अध्यक्ष संजय खड्का, प्याव्सन भक्तुपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, भक्तपुर भलिबल सघका अध्यक्ष विनोद चरण राय, नेपाल तेक्वान्डो संघका जिल्ला अध्यक्ष श्याम तजले, भक्तपुर एथलेटिक्स सङ्घका अध्यक्ष आशाराम गोथे लगायत विभिन्न विशिष्ट अतिथिहरुको उपस्थितिमा विजय खेलाडी भाइबहिनीहरूलाई पुरस्कार वितरण गरिएको थियो !