Logo

वैकल्पिक उपचार सम्वन्धमा प्रस्तुतीकरण तथा छलफल


पुष २८, २०८०, शनिबार | विहान ११:४८ बजे | 50


वैकल्पिक उपचार सम्वन्धमा प्रस्तुतीकरण तथा छलफल

काठमाडौँ ।आहार, विहार ,विचार जस्ता मानव स्वास्थ्यमा निर्णायक प्रभाव पार्ने विषयहरुमा सन्तुलन कायम गरि प्राकृतिक रुपमै स्वास्थ्य ठीक राख्ने जीवनशैली अपनाउनुको साटो अप्राकृतिक जीवनशैली अपनाउने र रोग लागेपछि मात्र चिकित्शककहां जाने प्रवृत्ति हटाउने उध्देश्यले काठमाडौको कोटेश्वर महादेवस्थानमा वैकल्पिक उपचार सम्वन्धमा प्रस्तुतीकरण तथा छलफल कार्यक्रम सम्पन्न भयो ।

प्रातकालीन तथा सन्ध्याकालीन मैत्री समूह कोटेश्वरको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा डा. इन्दुल के.सी.( पिएच .डि.)ले विशेष प्रस्तुतीकरण दिनुका साथै सहभागीहरुलाई उच्च तथा न्यून रक्तचाप तत्काल नियन्त्रण गर्ने प्रयोगात्मक विधिको ( बूढी औला र चोर औलाको टुप्पो जोडपूर्वक जोडेर १० मिनेट सम्म सहज वा सुख आसनमा बस्ने ) अभ्यास समेत गराउनुभएको थियो । कार्यक्रममा सर्वश्री रामबाबु नेपाल ,जानकीवल्लभ अधिकारी केशव थापा ,प्रजापति कोइराला,लव कुमार जोशी लगायतका वक्ताले वैकल्पिक उपचारका विविध आयामहरुबारे प्रस्तुती दिनुभएको थियो । समय, पैसाको फारो गर्दे आफैले अपनाउन सकिने स्वास्थ्योपचारको यो वैकल्पिक निरोधात्मक उपचार विधि आम जनताको लागि अत्यन्त उपयोगी रहेको अभिमत सहभागीहरुले औल्याएका छन् ।

मैत्री समूहका वरिष्ठ सदस्य वुध्दि कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समूहका सदस्य तथा कार्यक्रम संयोजक रत्न कुमार श्रेष्ठले कार्यक्रमको सहजिकरण गर्दै स्वागत मन्तव्य दिनुभएको थियो । राष्ट्रिय एकता दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रमका प्रचार संयोजक मुकुन्द अर्यालले राष्ट्र निर्माता पृथ्वि नारायण शाहलाई स्मरण गर्दै माटो र मान्छे शीर्षकको कविता वाचन सहित धन्यवाद मन्तव्य दिनुभएको थियो । राष्ट्रिय वाणिज्य बैक पूर्व कर्मचारी संघका अध्यक्ष दिनेश विक्रम थापा लगायत विभिन्न २१ संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा स्थानीय जनसाधारणको समेत उपस्थिति थियो ।

स्मरण रहोस् वैकल्पिक उपचार प्राकृतिक उपचार,योग,ध्यान,रेकी,चुम्वकीय उपचार,मुद्रा उपचार ,संगीत उपचार ,हास्य उपचार लगायतका वैकल्पिक तरिकाले उपचार गर्ने विधि हो । कार्यक्रमका प्रमुख प्रस्तोता श्री इन्दूल के.सि.(पिएच .डि.)Indian Board of Alternative Medicines द्वारा सन १९९९ मा कल्कत्तामा आयोजित 7th international congress af6 Star Medalबाट विभुषित र नेपालका शताव्दी पुरुष सत्यमोहन जोशी लगायतका विभिन्न महानुभाव तथा संस्थाहरुबाट बाट प्रशंसीत र सम्मानित व्यक्तित्व हुनुहुन्छ ।

Comments