अन्तर सहकारी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
पुष २८, २०८०, शनिबार | विहान ०८:२५ बजे | 35
भक्तपुर । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १९औं स्थापना दिवसको अवसरमा युवा तथा अतिरिक्त क्रियाकलाप उप–समितिको आयोजनामा अन्तर सहकारी छात्रा एकल १९ बर्षमुनी ब्याडमिन्टन प्रतियोगिता २०८० को सेमिफाइनल तथा फाइनल खेलहरु सहित समापन एवं पुरस्कार वितरण कार्यक्रम भक्तपुर नगरपालिकाको युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । पुरस्कार तथा समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि खत्रीले संस्थाबाट निरन्तर खेलकुदका गतिविधिहरु गर्दै आएको अन्यत्तै सराहनिय रहेको कुरा बताउदै यसलाई निरन्तर गर्दै लैजानुपर्ने कुरा व्यक्त गर्नुभयो । भक्तपुर नगरपालिकाबाट खेलकुद क्षेत्रमा गर्दै आएको विभिन्न गतिविधिहरु सम्बन्धी जानकारी गर्नुहु“दै माघ महिनामा अन्तर विद्यालय भनपा नगर स्तरिय खेलकुद प्रतियोगिता हुने जानकारी दिनुभयो । नगरबासीहरुको स्वास्थ्यलाई ध्यानमा राखि बडा बडामा छिकंङ खेल प्रशिक्षण गरेको कुरा बताउनु भयो । भक्तपुर जिल्ला ब्याडमिन्टन संघका राजेन्द्र प्रजापतिले कार्यक्रममा बोल्दै भक्तपुरमा खेलकुद क्षेत्रमा भइरहेको प्रगतिलाई चर्चा गर्दै यसलाई अझै राम्रो गर्नका लागि विभिन्न भौतिक पुर्वधारहरुको व्यवस्थापन गर्नुपर्ने कुरा राख्नुभयो । संस्थाका अध्यक्ष राजन जतिले सहकारीले सदस्यहरुलाई हरेक बर्ष खेलकुद स“ग सम्बन्धी विभिन्न गतिविधिहरु गर्दै आएको जानकारी दिदै आगामि दिनहरुमा पनि यस्तै गतिविधि गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
संस्थाको युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजनामा भएको प्रतियोगिताको सेमिफाइनलको क्रमशः पहिलो र दोस्रो खेलहरुमा लोकेश्वर साकोसका प्रीति देशेमरुले भक्तपुर साकोसका सोनम प्रजापतिलाई र लोकेश्वर साकोसका रुषा जतिले थी थी उ.सहकारीका निरु खत्रीलाई सोझो सेटमा पराजित गरी फाइनमा प्रवेश गर्न सफल भएका थिए । खेलको अन्तिम फाइन खेलमा लोकेश्वर साकोसका प्रीति देशेमरुले लोकेश्वर साकोस कै रुषा जतिलाई २–० सेटले पराजित गर्दै विजेता हुन सफल भएको छ । युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक राजु छुकांको सभापतित्वमा भएको उक्त प्रतियोगिताको फाइनल खेल पछि विजेता खेलाडीहरुलाई, सहभागी सम्पुर्ण सहकारीहरुलाई र निर्णायकको भूमिकामा रहनु भएका रेफ्रिहरुलाई पुरस्कार तथा प्रमाण–पत्र वितरण कार्यक्रम सम्पन्न भएको थियो । आयोजक उपसमितिका इन्द्रभक्त पचंले सम्पुर्ण सहभागीहरुमा धन्यवाद दिनुहु“दै संस्थाबाट आयोजना हुने सम्पुर्ण गतिविधिहरुमा सधै साथ सहयोग रहने अपेक्षा सहित स्थापना दिवस कै अवसरमा संस्थाबाट सदस्यहरुलाई यहि माघ ७ गतेदेखि धां बाजा प्रशिक्षण गर्ने जानकारी दिनुभयो ।
फाेटाेमा हेर्नुहाेस्...