लोकेश्वर साकोसमा अन्तर सहकारी ब्याडमिन्टन प्रतियोगिता
पुष २६, २०८०, बिहीबार | विहान ११:०७ बजे | 55
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १९औं स्थापना दिवसको अवसरमा युवा तथा अतिरिक्त क्रियाकलाप उप–समितिको आयोजनामा अन्तर सहकारी छात्रा एकल १९ बर्षमुनी ब्याडमिन्टन प्रतियोगिता २०८० शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै भनपा साविक १५ वडाका पूर्व वडा अध्यक्ष रविन्द्र खर्बुजाले युवाहरुलाई शैक्षिकसंगै खेलकुदलाई पनि प्राथमिकतामा राख्न सके सभ्य समाज निर्माणमा टेवा पुग्ने बताउनु भयो । भनपा २ नम्बर वडाका वडा सदस्य श्यामसुन्दर मातांले भक्तपुर नगरपालिकाले बार्षिक रुपमा विभिन्न खेलकुद गतिविधिहरु गर्दै आएको बताउनु भयो भने समुदायमा आधारित लोकेश्वर साकोसले पनि महिला लक्ष्यित कृयाकलापहरु गर्दै आएकोमा खुसी व्यक्त गर्नु भयो । संस्थाका अध्यक्ष राजन जतिले सहकारीले वित्तिय कारोबार मात्र सिमित नभइ विभिन्न अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुद गतिविधि पनि गर्दै जानुपर्ने औल्याउनु भयो ।
युवा तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक राजु छुकांको सभापतित्वमा भएको कार्यक्रममा उप–समितिका सदस्य इन्द्रभक्त पंचले खेलकुद गतिविधिहरु स्वस्थताका अलावा प्रतिस्पर्धी भावना जगाउन आवश्यक रहेको औल्याउनु भयो । १० वटा सहकारी संस्थाहरुबाट १४ खेलाडी सहभागी रहेको प्रतियोगिताको पहिलो चरणको खेलमा संगम साकोसका प्राचि किवानायोलाई सिद्धि गणेश साकोसका भरोसा सा“गाछेले पराजित ग¥यो । त्यस्तै झिगु ख्वप साकोसका रचना गोसाईलाई चण्डेश्वरी अजिमा साकोसका सोफिया कर्माचार्यले, नारी सेवा साकोसका अस्तित्व छुजुलाई भक्तपुर साकोसका सनम प्रजापतिले, भक्तपुर साकोसका सोनल प्रजापतिलाई श्री छुमा गणेश साकोसका कृषा मलेकारले, सिद्धि गणेश साकोसका कलश श्रेष्ठलाई थी थी उपभोक्ता सहकारीका निरु खत्रीले पराजित गर्दै प्रतियोगिताको अन्तिम आठमा प्रवेश ग¥यो । पुस २६ गतेदेखि भएको प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम पुस २८ गते हुने आयोजक उप–समितिका सदस्य कल्पना द्योपालाले जानकारी दिनुभयो ।