मध्यपुर थिमिमा सकियो नवदुर्गा नाचको प्रदर्शन
पुष २२, २०८०, आइतबार | दिउँसो ०३:३८ बजे | 5
मध्यपुर थिमि । भक्तपुरबाट निकालिने ऐतिहासिक नवदुर्गा नाच मध्यपुर थिमिमा प्रदर्शन गरिएको छ । नवदुर्गा देवगण विभिन्न नेवार बस्ती परिक्रमा गर्ने क्रममा मध्यपुर थिमि नगर परिक्रमा गरी नृत्य प्रदर्शन गरिएको हो । नवदुर्गा देवगण नारायणमान वनमालाले पुस १० गतेबाट सुरु भएको नाच एक हप्ता प्रदर्शन गरी सम्पन्न भएको छ । मध्यपुर थिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमिको मरु टोलमा वाराही नाच, सिम्म दुम्म डालाकेगु, महाकाली र श्वेतभैरव डालाकेगु नाच प्रदर्शन गरी सम्पन्न भएको जानकारी दिनुभयो । नाचमा मुकुन्डो लगाएर १९ जना देवगण रहने प्रचलन रहेको छ । नाचमा १३ वटा मुकुन्डो रहने र मुकुन्डो लगाएर १२ जनाले नाच्ने प्रचलन छ । नाचमा भैरव, महाकाली, वाराही, गणेश, ब्रह्मायणी, कुमारी, महेश्वरी, भ्रदकाली, इन्द्रायणी, दुम्भसिंह, महादेव, श्वेत भैरवका रुपमा देवगणले नाच्ने गर्छन् । नाचका क्रममा बाजा बजाउनेसमेत गरिन्छ । परम्परागत वेशभूषामा देवगणको प्रतीकका रुपमा सजिएका व्यक्तिले ना»्गो खु¤ाले नै नाच प्रदर्शन गर्नु पर्छ । साथै नाचका क्रममा घरपरिवारसँग छुट्टिएर बस्नुपर्ने, खानामा बार्नुपर्नेलगायत परम्परा छ । प्रख्यात मल्लकालीन नवदुर्गाको यो नाचलाई स्थानीय नेपाल भाषामा »ालाक्येगु भनिन्छ । जसको नेपाली अर्थ माछा मार्ने हो तर नाचमा माछा मार्ने काम भने हुँदैन । मुकुन्डो लगाएका देवगणले नाचमा देवतालाई जिस्क्याउन आउने भक्तालुलाई समात्ने प्रयास हुन्छ । यो जात्रामा दर्शकले सिठी बजाउँदै मुखमा हत्केलाले थप्थपाउँदै आबाबाबा... गरेर जिस्क्याउने र देवगणले उनीहरुलाई लखेट्ने गर्छन् । लखेट्दा देवगणले समाउन सके भेटी दिनुपर्ने परम्परा छ । यस अर्थमा जिस्काउने भक्तालुलाई माछा मानी उसैलाई समात्ने प्रयासका रुपमा यसलाई माछा मार्ने नाच भनी प्रख्यात छ । यही नै जात्राको मुख्य आकर्षणसमेत हो । भक्तपुरका राजा भुवन मल्ल (सन् १५०५–१५१९) ले सञ्चालनमा ल्याएको बताइन्छ । नेपाल संवत् ६३३ (इसं १५१३) मा भक्तपुर राज्यमा अनिकाल परेकाले सहकाल ल्याउन तत्कालीन राजा भुवन मल्लले नाच चलाएको संस्कृतिविद् ओम धौभडेलको भनाइ छ ।