भक्तपुर नगर टेबुल टेनिस समिति गठन ः अध्यक्ष ईन्द्रभक्त पंच
पुष ११, २०८०, बुधबार | दिउँसो ०३:२३ बजे | 40
भक्तपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष एव भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका संयोजक श्री श्यामकृष्ण खत्रीको प्रमुख आतिथ्थयतामा तथा भक्तपुर जिल्ला टेबुल टेनिस संघका अध्यक्षको उपश्थितिमा श्री ईन्द्रभक्त पंचको अध्यक्षतामा मुना बासुकला, रिजन गोथे, पल्पसा प्रजापति, अन्जु सुवाल, कृष्णगोविन्द सिल्पकार र रविन साँध गरी ७ सदस्यीय भक्तपुर नगर टेबुल टेनिस समिति गठन गरियो । सो अवसरमा प्रमुख अतिथिथ श्री खत्रीले भक्तपुर नगरपालिकाले टेबुल टेनिस लगायत अन्य विभिन्न खेलकुदको प्रशिक्षण संचालन गरी रहेको जानकारी गराउँदै विद्यालय स्तरमै खेलाडी तयार गर्ने हेतुले भक्तपुर नगरपालिकाले नगर स्तरीय विद्यालय व्यापी विभिन्न १६ खेलका प्रतियोगिताहरु संचालन गर्नुका साथै भक्तपुर नगरपालिकाले प्रत्यक बर्ष कुनै एक खेलमा नगरपालिका व्यापी खेलकुद प्रतियोगिता पनि गर्दै आईरहेको जानकारी गराउनु भयो ।साथै उहाँले नगरपालिकाले आयोजना गरिने खेलकुद प्रतियोगिता संचालन गर्दा नगरस्तरीय खेल सग सम्बन्धित समिति सँगको सम्बन्वयमा गर्दा नगरपालिकालाई सहज भएको कुरा बताउँदै यस नगरस्तरिय टेबुल टेनिस समितिको माध्यमबाट थप टेबुल टेनिस खेल विकासमा टेवा पुग्ने विचार व्यक्त गर्नु भयो । कार्यक्रममा संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले भक्तपुरमा टेबुल टेनिस संघ गठनको ईतिहास र संघले गरिरहेको विभिन्न गतिविधिहरुबारे जानकरी गराउँदै नगर समिति र जिल्ला संघ मिलेर आगामी दिनमा जिल्ला स्तरीय देखि राष्ट्रिय स्तरका प्रतियोगिता संचालन गर्ने जानकरी गराउनु भयो । त्यसै गरी अखिल नेपाल टेबुल टेनिस संघको विधान मस्यौदा समितिका सदस्य श्री शिवसुन्दर गोथेले राष्ट्रिय खेलकुद परिषद बागमति प्रदेशको विधान बमोजिम नगर,जिल्ला, प्रदेश हुन्दै केन्द्रिय संघ गठन गर्ने प्रक्रियाबारे जानकारी गराउन् भयो ।