ओलम्पिक योग्यता बक्सिङ्ग पहिलो छनौट प्रतियोगिता सम्पन्न


पुष ४, २०८०, बुधबार | विहान ०४:५९ बजे | 45


ललितपुर, ३ पुस । ओलम्पिक योग्यता बक्सिङ्ग पहिलो छनौट प्रतियोगिताको दोश्रो दिनको खेलहरु सातदोबाटो बक्सिङ्ग कर्वडहलमा मंगलवार सम्पन्न भयो । 
महिलातर्फको खेलमा ५० केजी तौल समुहमा स्वीट क्लबका रमिशा श्रेष्ठले आरएसी आउट क्लासको आधारमा भाइबका संगिता रानालाई पराजित गर्यो भने नक्सालका सुस्मा तामाङ्गले ५ः०ले आर्मीका आरती बमजनलाई पराजित गर्यो । त्यस्तै ५४ केजि तौल समुहमा बक्समाण्डुका अन्जनी तेलीले ५ः०ले भाइबका रक्षा जिसीलाई पराजित गर्यो भने अर्मीका बर्षा श्रेष्ठले आरएसी आउट क्लासको आधारमा नुवाकोटका तनुजा नेपालीलाई पराजित गर्यो ।
पुरुष तर्फको खेलमा ५१ केजि तौल समुहमा आर्मीका शुशिल थापाले बक्समाण्डुका लक्ष्मण राईलाई ३ः२ मा पराजित गर्यो भने पुलिसका चन्द्र बहादुर थापाले अल्फाका विशेष बुढामगरलार्य ५ः० ले पराजित गर्यो । त्यस्तै ५७ केजिमा भाइबका निरञ्जन मोक्तानले भुपुका शिव सिलवाललाई ५ः०ले पराजित गर्यो भने आर्मीका प्रेम चौधरीले डिजिबक्सका आयुष श्रेष्ठलाई ५ः०ले पराजित गर्यो । त्यस्तै ७१ केजिमा भुपुका निशान गुरुङ्गले कैलालीका भरत चन्दलाई ३ः२ले पराजित गर्यो भने आर्मीका धन बहादुर दर्लामीले एचटुवका विनिस राईलाई ५ः० ले पराजित गरेको बागमति प्रदेश बक्सिङ्ग संघका सचिव रामकृष्ण प्रजापतिले बताउनुभयो । 

Comments