सूर्यमढीमा कसिमला पाय् प्रतियोगिता २०८० हुने


मंसिर १२, २०८०, मङ्गलबार | दिउँसो १२:४८ बजे | 60


सूर्यमढीमा कसिमला  पाय् प्रतियोगिता २०८० हुने

भक्तपुर । भक्तपुरको सूर्यमढीमा कसिमला पाय् प्रतियोगिता हुने भएको छ । श्री वाकुपति चाँंगुनारायण मन्दिर परिसर सहयोग समिति तौलाछें ९ भक्तपुरको आयोजनामा भक्तपुर नगरव्यापी प्रथम जेष्ठ नागरिक कसिमला पाय् प्रतियोगिता २०८० हुन लागेको हो । 
प्रतियोगिता पुस ७ गते शनिबार हुने जनाइएको छ । प्रतियोगितामा भाग लिन ६० वर्ष उमेर पूरा गरेको हुनुपर्ने जनाइएको छ । 
६० वर्ष उमेर नाघिसकेका बृद्धबृद्धाहरुको बौद्धिक एवं मानसिक तन्दुरुस्ती कायम राख्न सहयोग पुरयाउने, दीर्घायू, परम्परागत खेल बचाइराख्ने, नयाँं पुस्ताका लागि खेल हेर्न र सिक्ने डवली बनाउनेलगायतका उद्देश्यका साथ प्रतियोगिता गर्न लागेको आयोजक समितिका सचिव रवीन्द्रप्रसाद कुसीले बताए ।  

फाेटाेमा हेर्नुहाेस्...

सूर्यमढीमा कसिमला  पाय् प्रतियोगिता २०८० हुने

Comments