नेपाल इको प्यानलले दियो बक्सिङ खेलाडीलाई खेलकुद सामाग्री
मंसिर ५, २०८०, मङ्गलबार | दिउँसो ०३:१९ बजे | 30
भक्तपुर । उत्कृष्ट खेलाडीहरुलाई खेलमा लागिरहन उत्प्रेरणा दिने उद्देश्यले नेपाल इको प्यानलले बक्सिङ खेलाडीलाई खेलकुद सामाग्री हस्तातरण गरेका छन् । भक्तपुर जिल्ला बक्सिङको आयोजनामा भएको कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गौतम सुजखुले उक्त सामान विकल भ्वय्द्योलाई हस्तान्तरण गरेका हुन् । उनलाई ट्राकसुटलगायत खेलकुद सामाग्री हस्तातरण गरिएको हो ।
कार्यक्रममा अण्डर ट्वान्टीका युवा खेलाडीहरु उजेकिस्तानमा हुने एसियन गेममा छनौट भएर पनि आर्थिक र पासपोर्टका कारण खेल्न जाने अवसरबाट वञ्चित भएकोले त्यस्ता खेलाडीहरुलाई कसरी उपलब्धीतर्फ दो¥हाउने भने सोचले यो कार्यक्रम बनेको बताइयो । कार्यक्रममा खेलाडीहरुलाई उत्साहित गर्न सहयोग उपलब्ध गराएको हुनाले सहयोगी हातहरुलाई पनि मुरीमुरी धन्यवाद दिइएको थियो ।
कार्यक्रममा भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले खेलाडीहरु राष्ट्रिय र अन्तिराष्ट्रिय गतिविधिहरु जानकारी राख्नुपर्ने बताउँदै प्यालेष्टाइनमा इजरायली आक्रमणबाट निहत्था बालबच्चा, बृद्धबृद्धा र महिलाहरु बमबारी र बरबर यातनाका साथ मारिनु निन्दनीय र मानवीय धर्मबाट विमुख भएको बताए ।
कार्यक्रममा भक्तपुर जिल्ला बक्सिङ संघका कोषाध्यक्ष लक्ष्मीप्रसाद चवाल, सल्लाहकार केशव त्वानाबासु, प्रशिक्षक केदार तुईतुई, आशराम सुवाल, केशव कवाँले सहयोग सम्बन्धमा, अन्तरनगर प्रतियोगिता सम्बन्धमा र खेलाडीहरु बढाउने र खेल विकास गर्नेबारे आआफनो धारणा राखेका थिए ।
नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । यसको कारखाना भक्तपुरको झौखेलमा रहेको छ भने कर्पाेरेट कार्यालय सल्लाघारी भक्तपुरस्थित डा इवामुरा हस्पिटलसँंगै रहेको छ ।