बक्सिङ खेलाडीलाई खेलकुद सामाग्री हस्तातरण
मंसिर ४, २०८०, सोमबार | दिउँसो १२:३१ बजे | 20
भक्तपुर । भक्तपुर जिल्ला बक्सिङको आयोजनामा बक्सिङ खेलाडीलाई खेलकुद सामाग्री हस्तातरण कार्यक्रम एक समारोहबीच आइतबार गपली ड्रिमल्याण्ड किचेन एण्ड रेष्टुराँमा सम्पन्न भयो । कार्यक्रमका अतिथि नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गौतम सुजखुले उक्त सामान विकल भ्वय्द्योलाई ट्राकसुट लगायत खेलकुद सामाग्री हस्तातरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै अतिथि गौतम सुजखुले उत्कृष्ट खेलाडीहरुलाई खेलमा लागि रहन उत्प्रेरणा दिने उद्देश्यले नेपाल इको प्यानलको सहयोगमा उक्त सामाग्री हस्तातरण गरेको बताउनुभयो । उहाँले अण्डर ट्वान्टिका युवा खेलाडीहरु उजेकिस्तानमा हुने एसियन गेममा छनौट भएर पनि आर्थिक र पासपोर्टका कारण खेल्न जाने अवसरबाट वञ्चित भएकोले त्यस्ता खेलाडीहरुलाई कसरी उपलब्धी तर्फ दो¥हाउने भने सोचले यो कार्यक्रम बनेको बताउनुभयो । उहाँले खेलाडीहरुलाई उत्साहित गर्न सहयोग उपलब्ध गराएको हुनाले सहयोगी हातहरुलाई पनि मुरीमुरी धन्यवाद दिनुभयो भने खेलाडीहरु अनुशासित भई खेल्नु पर्ने बताउनुभयो । उहाँले अन्तरनगर बक्सिङ प्रतियोगिता गराउन पहल भइ रहेको बताउँदै अन्तरनगर भएमा सबैले सकृयपूर्वक सहयोग गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले खेलाडीहरु राष्ट्रिय र अन्तिराष्ट्रिय गतिविधिहरु जानकारी राख्नुपर्ने बताउँदै प्यालेष्टाइनमा इजरायली आक्रमणबाट निहत्था बालबच्चा, बृद्धबृद्धा र महिलाहरु बमबारी र बरबर यातनाका साथ मारिनु निन्दनीय र मानवीय धर्मबाट विमुख भएको बताउनुभयो । उहाँले जसरी यहुदीहरुलाई नाजिहरुले अमानवीय ढंगले नरसंहार र वार्सा यातना गृहमा अमानवीय यातना दिई मार्यो त्यसैको सिको गर्दे प्यालेष्टाइनी जनताको नरसंहार र यातना दिनु नाजिहरु जस्तै इजरायल पनि फासिवादी भएको पुष्टि हुन्छ र जातिय सफायामा लाग्ने फासिवादी नीति विरुद्ध न्यायप्रेमी जनता एकजुत भई आवाज उठाउनु पर्छ भन्नुभयो । उहाँले निर्वल छिमेकीलाई अन्याय पर्दा सत्यको पक्षमा हामीले आवाज नउठाए हामीलाई पनि अन्याय गर्दा थिचामिचो गर्दा छिमेकीले सहयोग गर्दैनन् भन्नुभयो । उहाँले भारत दुई सय बर्ष भन्दा बढी अंग्रेजले उपनिवेश बनायो र सन् १९४९ मा मुक्त भयो तर अंग्रेजहरुले गरेको त्यहि उपनिवेशवादी कार्य भारतले दक्षिण एसियामा नेपाल लगायत विभिन्न देशहरुमा थिचोमिचो गर्ने, भुमि अतिक्रमण गर्ने नाकाबन्दि गर्ने कार्य विस्तारवादी नीति हो भन्नुभयो । सन् १९४० पोल्याण्डको वार्सामा रहेका यहुदीहरु नाजिहरुको अत्याचारले विभिन्न देशमा विस्थापित हुने क्रममा प्यालेष्टाइन पुगेका सन् १९४८ मा बेलायत र अमेरिकाले मध्यपूर्व देशहरुलाई कब्जा गरी त्यहाँको श्रोत साधनहरु खनिज पदार्थ र तेल दोहन गर्ने उद्देश्यले प्यालेष्टाइनको जेरुसेलमा इजरायल स्थापना गरेको बताउनुभयो । उहाँले प्यालेष्टाइन र इजरायलको युद्ध ऐतिहासिक, भूमि, धर्म–साँस्कृतिक र राजनीति रहेको बताउनुभयो । उहाँले इजरायलले मच्चाइ रहेको नरसंहार रोक्न संयुक्त राष्ट्र संघको महासभामा १२० सदस्य देशको समर्थनमा गाजापट्टीमा मानवीय सहायता पु¥याउने, नागरिकहरुको सुरक्षा गर्ने र युद्ध विराम रोक्ने प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरी विफल गरेर युद्ध भत्काई रहेकोले अमेरिकी राष्ट्रपति युद्ध सरदार हुन भन्नुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बक्सिङ संघका कोषाध्यक्ष लक्ष्मी प्रसाद चवाल, सल्लाहकार केशव त्वानाबासु, प्रशिक्षक केदार तुईतुई, आशराम सुवाल, केशव कवाँले सहयोग सम्बन्धमा, अन्तरनगर प्रतियोगिता सम्बन्धमा र खेलाडीहरु बढाउने र खेल विकास गर्नेबारे बोल्नु भएको थियो ।