अनधिकृत जिल्ला फुटबल संघलाई अखिल नेपाल फुटबल संघको विशेष साधारण सभामा सहभागी गराएको आरोप


कार्तिक २३, २०८०, बिहीबार | विहान ११:२२ बजे | 50


अनधिकृत जिल्ला फुटबल संघलाई अखिल नेपाल फुटबल संघको विशेष साधारण सभामा सहभागी गराएको आरोप

भक्तपुर, २२ कार्तिक । भक्तपुर जिल्ला फुटबल संघ गौतम सुजखु अध्यक्ष रहेको संघ हुँदाहुँदै अनधिकृत जिल्ला फुटबल संघलाई अखिल नेपाल फुटबल संघको विशेष साधारण सभामा सहभागी गराएकोले गौतम सुजखु अध्यक्ष रहेको फुटबल संघको ध्यान आकृष्ट भई सो संघका उपाध्यक्ष रामकृष्ण प्रजापतिले अखिल नेपाल फुटबल संघ र सरोकारवालाहरुको ध्यान आकृष्ट गराएको छ । उपाध्यक्ष रामकृष्ण प्रजापतिका अनुसार भक्तपुर जिल्ला फुटबल संघको विवादित विषयमा सम्माननीय सर्वोच्च अदालतमा दर्ता नं ण्ठठ(ध्इ(ण्ण्घठ र.नं. ण्ज्ञ(ण्ठठ(ण्ण्घठढ मुद्दा पैरबी अगाडि बढीरहेको अवस्थामा गौतम सुजखु अध्यक्ष रहेको भक्तपुर जिल्ला फुटबल संघ नै आधिकारीक संघलाई विशेष साधारणसभामा सहभागी हुने वा गर्ने अधिकार नदिई अनधिकृत व्यक्ति रहेको भक्तपुर जिल्ला फुटबल संघका व्यक्तिहरु सहभागी गराउने दुस्साहसले सम्मानीय सर्बोच्च अदालतमा मुद्दा पैरबी भई पेशी समेत तोकिसकेको मिति २०८०।७।२० गते पेशीमा नभ्याउनेमा परि फेरी २०८० चैत २२ गते पेशी तोकेको अवस्थामा अदालतको समेत अपहेलना हुने गरी अनधिकृत व्यक्तिहरुलाई सहभागी गराएकोले उक्त सहभागिता बदर गरी गौतम सुजखु अध्यक्ष रहेको भक्तपुर जिल्ला फुटबल संघलाई सहभागी गराउन समेत अनुरोध छ । अनधिकृत व्यक्ति सहभागी विशेष साधारण सभा समेत अवैध हुने भएकोले ध्यान आष्कृष्ट गराएको बताउनुभयो । उहाँले भक्तपुर जिल्ला फुटबल संघ विघटन गरी नयाँ जिल्ला तदर्थ समिति गठन गर्ने एन्फाको विधानले नदिएको र सो केन्द्रीय समितिबाट समेत पारित नभएकोले साथै विधानले साधारणसभाको दुईतिहाई बहुमतले मात्र जिल्ला समितिलाई भंग गर्न सक्ने बताउनुभयो । साथै १९ औं साधारण सभा २०७७ माघ ६ गते भएको साधारण सभामा भक्तपुरबाट कोहि पनि सहभागी नगराउने बरु गौतम सुजखु अध्यक्ष रहेको संघलाई मान्यता दिन २७ वटा जिल्ला संघहरुले निवेदन समेत उक्त सम्मानित सभामा पेश गरेको बताउनुभयो । साथै भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले प्रदेश एन्फा गठनमा समेत अनधिकृत व्यक्ति सहभागी गराएको विरोधमा २०८०।४।४ मा विज्ञप्ति प्रकाशित गरेको उपाध्यक्ष रामकृष्ण प्रजापतिले बताउनुभयो ।

Comments