सके जितिन्छ, नसके सिकिन्छ भन्दै एभरेष्ट स्कुलमा भयो अपांगहरुवीच मैत्रीपूर्ण बास्केटबल


कार्तिक १७, २०८०, शुक्रबार | विहान १०:५३ बजे | 40


सके जितिन्छ, नसके सिकिन्छ भन्दै एभरेष्ट स्कुलमा भयो अपांगहरुवीच मैत्रीपूर्ण बास्केटबल

भक्तपुर । एभरेष्ट स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा एभरेष्ट ह्विलचियर बास्केटवल फे्रण्डसिप म्याच शुक्रबार स्कुलको प्रांगनमा सम्पन्न भएको छ । प्रतियोगितामा विजयी टिम तथा खेलाडहरुलाई भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले एक कार्यक्रमवीच पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको छ । मैत्रीपूर्ण प्रतियोगितामा त्रिभुबन आर्मी क्लव टिम प्रथम भएको थियो । प्रतियोगितामा स्प्राइनल कर्ड इन्जुरी नेटवर्क नेपाल दोश्रो भएको थियो । मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी क्लवका रामबहादुर तामांग मस्त भ्यालुएवल प्लेयर हुनुभएको थियो । 
कार्यक्रममा उपमेयर जोशीले भक्तपुर नगरपालिकाले अरु धेरै विषयहरुमा जस्तै अपांगता क्षेत्रमा पनि उचित हेरचाह गरिरहेको जनाउनुभयो । नगरपालिका क्षेत्रमा कुल ६ सय २५ जना अपांगता भएका व्यक्तिहरु रहेको भन्दै उहाँंले उहाँहरुलाई आवश्यक ह्विलचियरलगायतका सामानहरु प्रदान गरी सहयोग गर्दै आएको जानकारी दिनुभयो । साथै अपांगता भएका व्यक्तिहरुलाई सक्रिय बनाउन प्रत्येक वर्ष विश्व अपांग दिवसको अवसरमा कार्यक्रम गर्दै आएको र यो वर्ष पनि गर्ने योजना भएको सुनाउनुभयो । 
कार्यक्रममा आयोजक स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले फे्रण्डसिप फष्ट, कम्प्युटिशन सेकेन्ड भन्ने मान्यताका साथ स्कुलले समयसमयमा विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिनुभयो । उहाँंले सके जितिन्छ, नसके सिकिन्छ भन्ने मान्यताकासाथ खेलकुद गतिविधिहरु गर्दै आएको जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले राष्टका लागि, स्वास्थ्यका लागि खेल आवश्यक भएको बताउनुभयो । 
मैत्रीपूर्व खेल सुरु हुनु अगाडि खेलडीहरुलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उदघाटन भक्तपुर नगरपालिकाकी उपप्रमुख जोशीले गर्नुभएको थियो । स्कुलमा भएको यस्तोखाले कार्यक्रम यो पहिलो भएको कार्यक्रममा बताइयो । 

फाेटाेमा हेर्नुहाेस्...

सके जितिन्छ, नसके सिकिन्छ भन्दै एभरेष्ट स्कुलमा भयो अपांगहरुवीच मैत्रीपूर्ण बास्केटबल
सके जितिन्छ, नसके सिकिन्छ भन्दै एभरेष्ट स्कुलमा भयो अपांगहरुवीच मैत्रीपूर्ण बास्केटबल

Comments