यल कप रनिग शिल्ड व्याडमिन्टन प्रतियोगिता हुने


कार्तिक १५, २०८०, बुधबार | विहान ११:४४ बजे | 35


यल कप रनिग शिल्ड व्याडमिन्टन प्रतियोगिता हुने

ललितपुर । ललितपुर महानगरपालिका वडा नं ६ मा कार्तिक १८ गतेदेखि १३ औं यल कप रनिंग शिल्ड ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको उदघाटन बागमति प्रदेशका उद्योग, बाणिज्य, भूमि तथा प्रशाशनमन्त्री रामकृष्ण चित्रकारले गर्ने कार्यक्रम तय गरिएको छ । 

आयोजक ओकुबहाल टोल सुधार समिति र महाबुद्ध युथ क्लवले बुधबार संयुक्त पत्रकार सम्मेलन गरी प्रतियोगिता कार्तिक २५ गतेसम्म हुने जनाइयो । प्रतियोगिता अन्तर्गत १५ वर्ष मुनिका किशोरहरुको सिंगल इभेन्ट, पुरुष मेन्स डवल इभेन्ट, भेटान्स मेन्स डवल इभेन्ट, मिक्स डवल इभेन्ट र महिला सिंगल हुने जनाइयो । प्रतियोगितामा उत्कृष्टहरुलाई आकर्षक नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्ने जनाइयो । नगद पुरस्कार मात्रै सवै गरेर दुई लाख ७० हजार वितरण गर्ने जनाइयो । 

सम्मेलनमा आयोजक ओकुबहाल टोल सुधार समितिका अध्यक्ष यशप्रसाद श्रेष्ठले सवैभन्दा वढी पुरस्कार राशी पुरुष मेन्स डबल इभेन्टमा पहिलो हुनेलाई नगद रु २५ हजार रहेको जानकारी गराए । साथै प्रत्येक प्रतियोगितामा पहिलो, दोश्रो एकएकजना र तेश्रो दुई जना गरी कुल चार जनालाई आकर्षक नगदसहितको व्यवस्था रहेको जानकारी उनले दिए । सम्मेलनमा दिलजन शाक्य, दीपेश शाक्य, ललित महर्जनलगायतले पनि प्रतियोगिता सभ्य तथा भव्य बनाउन सवैको सहयोगका आशा गरे ।  

प्रतियोगितामा ललितपुरका ७० वटा टोलहरुबाट दुईसय भन्दा वढी खेलाडीहरुले सहभागिता जनाउने आशा राखिएको छ । यतालिबी र ललितपुर महानगरपालिका वडा नं ६ वडाभबन कनिबहाल परिसर गरी दुई वटा कोर्टमा खेलाइने जनाइयो ।  

प्रतियोगिताको पुरस्कार वितरण अन्तिम दिन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख अतिथित्वमा हुने जनाइयो । 




फाेटाेमा हेर्नुहाेस्...

यल कप रनिग शिल्ड व्याडमिन्टन प्रतियोगिता हुने

Comments