भोलिदेखि ख्वपको आयोजनामा विभिन्न खेलकुद प्रतियोगिताहरु हुने
असोज २९, २०८०, सोमबार | दिउँसो ०३:४५ बजे | 20
भक्तपुर । ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा भोलि मंगलबारदेखि विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन हुने भएका छन् । कलेजले फुटसल, बास्केटबल, टेवलटेनिस र व्याडमिन्टन प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिताहरु असोज ३० गते मंगलबारदेखि कार्तिक २ गते विहीबारसम्म हुने जनाइएको छ ।
पहिलो पटक भोलि ३० गते मंगलबार फुटसल प्रतियोगिता हुने कलेजद्धारा जारी सूचनामा उल्लेख छ । भोलि विहान ७ बजेबाट हेल्थी फुटसल इटबु आदर्श वस स्टप सूर्यविनायक भक्तपुरमा हुने जनाइएको छ । ख्वप मावि, कलेज, शारदा क्याम्पस मावि र ख्वप कलेज अफ लमा अध्ययनरत विद्यार्थीहरुवीच प्रतियोगिता हुने सूचनामा उल्लेख छ ।
फाेटाेमा हेर्नुहाेस्...