चौंथो उपत्यकाव्यापी करातेको उपाधि लुभु डोजोलाई


असोज २९, २०८०, सोमबार | दिउँसो ०२:१२ बजे | 25


चौंथो उपत्यकाव्यापी करातेको उपाधि लुभु डोजोलाई

सञ्जीब दुलाल  
भक्तपुर । चौंथो उपत्यकाब्यापी कराते प्रतियोगिताको उपाधी लुभु डोजोले उचालेको छ । विद्या आर्जन शाखा डोजोको आयोजनामा भएको चौंथो उपत्यका व्यापी कराते प्रतियोगिताको उपाधी लुभु डोजोले उचालेको हो । डोजोले १० स्वर्ण २ रजत र ३ कास्य सहित अग्र स्थान हाँसिल गरेको थियो । यस्तै मध्यपुर थिमीको नगदेश डोजोले २  स्वर्ण ४ रजत र ४ कास्य सहित दोस्रो र काभ्रे डोजो २ नै स्वर्ण सहित ३ कास्य र ५ रजत पदक सहित तेस्रो भएको छ  । 
खेलमा भक्तपुर, काठमाडौं ,ललितपुर र काभ्रे जिल्लाबाट १७ डोजाका ३ सय  खेलाडीहरु सहभागी रहेका थिए । 
खेलमा महिला तर्फ २० केजी देखि ५५ केजी र खुल्ला र पुरुष तर्फ २० केजी देखि ६० केजी सम्म र खुल्ला तर्फको खेल भएको थियो । साथै महिला पुरुष दुवैको एकल काता सहभागी रहेको थियो ।
उमेर समूहको उपाधी प्यारागन डोजोलाई 
यस्तै उमेर समूह अन्तर्गत खेलाईएको प्यारागन डोजोले ६ स्वर्ण सहित पहिलो हुँदै जुनियर तर्फ उपाधी हाँसिल गरेको छ । डोजोले ६ स्वण १ रजत र ४ कास्य पदक हाँसिल गरेको थियो । 
यस्तै २ स्वर्ण ३ रजत र ११ कास्य सहित विद्या आर्जन डोजो दोस्रो हुन सफल भएको थियो भने १ स्वर्ण २ रजत र २ कास्य सहित डेमस स्कुल डोजो तेस्रो भएको थियो । 
यस्तै उमेर समूह अन्तर्गत १० वर्षका विद्या आर्जन स्कुलका सुलभ भुजेल उत्कृष्ठ खेलाडी भएका थिए । उमेर समूह अन्तर्गत ७ वर्ष देखि १२ सम्मका महिला पुरुष खेलाडीले सहभागिता जनाएका थिए ।  

फाेटाेमा हेर्नुहाेस्...

चौंथो उपत्यकाव्यापी करातेको उपाधि लुभु डोजोलाई

Comments