तःमुंज्या साइकल -याली हुने


असोज २३, २०८०, मङ्गलबार | विहान ०७:५२ बजे | 40


तःमुंज्या साइकल -याली हुने

ल्यसिंख्यमा आगामी कार्तिक ९ र १० गते हुने ४३ औं नेपाल भाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रमलाई सफल पर्ने हेतुले तःमुंज्या साइकल -याली हुने भएको छ। नेपालभाषा साहित्यको क्षेत्रमा “जनता म्वाःसा भाषा म्वाइ” भन्ने नाराका साथ जनताको साहित्य र संस्कृति उत्थानको साझा प्रयासमा टेवा पुर्याउने उद्वेश्यका साथ विगत ४३ वर्ष देखि नेपाल भाषा सहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम र अन्य गतिविधिहरू भक्तपुरका विभिन्न स्थानहरूमा बर्सेनि हुदैँ आएको छ। सोहि अनुरुप यस वर्ष ४३औं नेपाल भाषा साहित्य सम्मेलन तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम भक्तपुरको भनपा ५, ल्यासिंख्य टोलमा २०८० कार्तिक ९ र १० गते बिहान ११ बजेदेखि दुई दिवसीय रूपमा हुन गइरहेको कुरा आयोजकले जानकारी गराएको हो। साइकल -याली यहि असोज २७ गते शनिबारका दिन बिहान ६ बजे हुन लागेको छ। जसको लागि नाम दर्ता यहि कार्तिक २५ गते बिहिबार सम्ममा गरिसक्नु पर्नेछ। साइकल यात्रा सुरुवात यस पटकको तःमुंज्या आयोजना हुने स्थान ल्यसिंख्यबाट हुनेछ। -याली मार्ग (जम्मा दुरी ४० कि.मी) को रहनेछ जस अन्तर्गत भक्तपुरको तःमुंज्या ग्वसाखलः (ल्यसिंख्य) बाट सुरू भई जगाती, च्यामासिंह, दत्तात्रय, गोल्मढी, सुकुलढोका, तःमार, नासमना, भार्वाच्व, च्वङा गणेश, राधे राधे, शंखधर चोक, बालकुमारी, बहाखा बजार, सानोथिमी, पेप्सीकोला, जडीबुटी, कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर, भद्रकाली, शहीदगेट, न्युरोड गेट, बसन्तपुर, मरू, जैसीदेवल, लगन, भोटेबहाल, टेकु, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल हुँदै पाटन ध्वाका पुगिन्छ र त्यहाँ बाट न्याखचुक पुगी नेवाः समयबजि कार्यक्रम हुनेछ। त्यसैगरी न्याखचुकबाट पाटन, बंगलामुखी, स्वथा, मंगलबजार, सौगल, ग्वार्को, इमाडोल, सिद्धिपुर, लुभु, सिरूटार, चित्रपुर, गाम्चा, पाण्डुबजार, सुर्यविनायक, राममन्दिर, गःहिती हुँदै ल्यसिंख्य नै पुगी समापन हुनेछ। साइकल -यालीमा सहभागी हुने इच्छुकले रू २०० को सहयोग गर्नुपर्नेछ र अनलाइन फारम भर्नुपर्नेछ। अनलाइन फारम भर्नका लागि लिंक https://docs.google.com/forms/d/e/1FAIpQLSevKB4i3v4_TBzX6lSOTdwGdyBBWa2YPmGyhUPad4iEVC7rzA/viewform गोर्खा इको प्यानलले प्रायोजन गरेको सो साइकल यात्राका लागि प्राविधिक सहयोग जुजु बाइक्सले गर्ने र त्यसैगरी सहयोगी संस्था साइकल कनेक्ट भक्तपुर हुने तःमुंज्याका आयोजकले जानकारी दिएको हो।

Comments