खुल्ला बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल प्रथम
असोज २१, २०८०, आइतबार | विहान ०२:१० बजे | 65
भक्तपुर । नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समिति खेलकुद विभाग को आयोजना तथा भक्तपुर चेस क्लवद्धारा २०८० असोज १९ र २० गते आयोजित खुल्ला रापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिता शनिबार आदर्श आजाद मावि भक्तपुर भेलुखेलमा सम्पन्न भयो । प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान विजुक्छेले विजयी खेलाडीहरुलाई ट्रफी, मेडल तथा नगद पुरस्कार वितरण गर्दै खेलाडीले खेल खेल्नुको साथै देशको सार्वभौमिकता, अखण्ड र स्वतन्त्रता रक्षा गर्न आ–आफ्नो क्षेत्रबाट लाग्न सकोस भन्ने शुभकामना दिन्दै विजेता खेलाडीहरुलाई बधाई दिनु भयो । कार्यक्रमका सभापति नेक्रायुसंघ भजिसका अध्यक्ष मिनबहादुर बाटाले विजेता खेलाडीहरुलाई बधाई दिदै युवाहरुलाई विकृति र विसंगतिबाट टाढा राख्न संघको स्थापना दिवसको अवसर पारी बुद्धिचाल प्रतियोगिता आयोजना गरेको बताउनु भयो । नेक्रायुसघं भजिसका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक एवं चिफ आर्विटर राजकुमार लघुले युवाहरुको स्वस्थ्यताको लागि नेक्रायुसघंको स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको जानकारी दिनुभयो । कार्यक्रममा नेक्रायुसंघ भजिसका हरिसुन्दर सुवाल रामशरण त्वाती र एण्डिज ग्वाछाले पनि संघको उद्देश्य माथि प्रकाश पार्नु भयो । प्रतियोगिताका चिफ आर्विटर राजकुमार लघुका अनुसार प्रतियोगितामा रोयल रक्स चेस एकेडेमीका रुपेश जैशवालले प्रथम भई नगद पुरस्कार रु १५०००। हार्दै पार्दै उपाधिमा कव्जा जमाए । दोश्रो राजन सुवेदी भए उनले ट्रफी मेडल र नगद पुरस्कार रु १००००। प्राप्त गर्न सफल भए । युवा खेलाडी पुरुषोत्तम सिलवाल तेश्रो भए उनले नगद पुरस्कार रु ६०००। का साथै तश्रो ट्रफी हात पार्न सफल भए ।चौथो स्थानमा भक्तपुरका युवा खेलाडी निकेन कुसाथा भए र नगद पुरस्कार रु २००० । हजार जित्न सफल भए । क्रमश पाचौंमा क्षितिज भण्डारी , छैटौ भक्तपुरका राजेश कक्षपति, सातौ मिशन दाहाल, आठौं धिरेन राई , नवौं राजन पुरी र दशौस्थानमा कमल मैनाली पर्न सफल भए । भक्तपुरका गणेशमान दुवाल बेष्ट भक्तपुर, बद्रीलाल नेपाली बेष्ट भेट्रान , एस डी रनसिंगे बेष्ट वमेन र हर्क बहादुर च्वनग्वाङ्ग बेष्ट अनरेटेड बन्न सफल भए । प्रतियोगितामा मध्यपुरका कुशल प्रजापति १२ बर्षमुनिमा उत्कृष्ट घोषित भए । प्रतियोगितामा विभिन्न जिल्लाबाट १४४ जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितालाई प्राविधिक सहयोग भक्तपुर जिल्ला बुद्धिचाल सघं र नेपाल बुद्धिचाल महासघंले गरेका थिए ।