भक्तपुरमा बुद्धिचाल सुरु ः १० देखि ७० वर्षसम्मकावीच घम्साघम्सी


असोज १९, २०८०, शुक्रबार | विहान ०८:२६ बजे | 35


भक्तपुरमा बुद्धिचाल सुरु ः १० देखि ७० वर्षसम्मकावीच घम्साघम्सी

भक्तपुर । नेपाल क्रान्तिकारी युवा संघको ३३ औं स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समिति खेलकुद विकास विभागको आयोजना तथा भक्तपुर चेस क्लवको सह आयोजनामा शुक्रबारदेखि भक्तपुरमा खुला रापिड रेटिंग बुद्धिचाल प्रतियोगिता २०८० सुरु भएको छ । प्रतियोगिताको उदघाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य, पार्टीका भक्तपुर जिल्ला अध्यक्ष एवं वागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले गरे । 
प्रतियोगितामा एक दर्जन जिल्लाका खेलाडीहरु सहभागी रहेको प्रतियोगिता तयारी समितिका संयोजक राजकुमार लघुले जनाए । प्रतियोगितामा कुल एक सय ४४ जना खेलाडीहरु प्रतिस्पर्धामा रहेको उनले जनाए । उनका अनुसार उनीहरुमा घटीमा दसवर्षदेखि वढीमा ७० वर्षसम्मका छन् । 
प्रतियोगितामा यसअघिका च्याम्पियनहरुमा सहभागी रहेको जनाइएको छ । साथै राष्टिय खेलाडीहरु पनि प्रतिस्पर्धामा सहभागी भएको जनाइएको छ । प्रतियोगितामा विदेशी (श्रीलंकन) खेलाडीसमेतको सहभागिता रहेको जनाइएको छ । 
प्रतियोगिताको समापदन शनिबार हुनेछ । प्रतियोगिताका विजयी खेलाडीहरुलाई शनिबार नै पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय गरिएको छ । 

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरमा बुद्धिचाल सुरु ः १० देखि ७० वर्षसम्मकावीच घम्साघम्सी

Comments