उपत्यकाब्यापि फुटसलमा विनायकको अर्काे जित
असोज ३, २०८०, बुधबार | दिउँसो ०३:५२ बजे | 55
मध्यपुर ठिमी , भक्तपुर नेपालको फुटवल र फुटसलको क्षेत्रमा स्थानीय स्तरदेखि राष्ट्रिय र अन्तर्रास्ट्रीय क्षेत्रसम्म खेल्ने खेलाडीहरु उत्पादन गर्दै आएको एवम् पढाइका साथसाथै खेलकदका क्षेत्रमा आफ्नो छुट्टै पहिचान कायम गर्न सफल विनायक शिक्षा निकेतन ई. स्कूल, मध्यपुर ठिमी, भक्तपुरले यही -२०८० असोज २ र ३ गते आयोजित उपत्याकाब्यापि अन्तर विद्यालयस्तरीय - फुटसल प्रतियोगितामा रनर अप बन्दै अर्को जीत दर्ता गर्न सफल भएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, मध्यपुर ठिमीले आयोजना गरेको उक्त फुटसल प्रतियोगितामा उपत्याका - भित्रका जम्मा २४ ओटा विद्यालयका टिमहरु सहभागी भएका थिए। विनायकका २ टिम सहभागी रहेको उक्त प्रतियोगितामा लिग र नक- आउट चरणहरु पार गर्दै विनायकका दुबै टिम सेमिफाइनलसम्म पुगी एउटा टिम फाइनल पुग्न सफल भएको विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले जानकारी गराउन भयो। विनायक टिम B भने फाइनलमा झिनो गोल अन्तरले पराजित भई रनर अप बन्न पुग्यो। प्रतियाेगितामा विनायकका गोलकिपर रोजिन सलाजु उत्कृष्ट गोलरक्षक बन्दै मेडल, ट्रफि र सर्टिफिकेट द्वारा सम्मानित हुन पुगे भने विनायक टिम 'B' ले रनरअप बनी नगद पुरस्कार रु १५००० सहित, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल रह्यो । विजयी विद्यार्थी तथा टिम म्यानेजर र कोच सबैलाई विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले हार्दिक बधाई तथा शुभकामना दिनुभएको थियो।