बिनायकमा सिक्किमेली खेलाडीहरूलाई स्वागत


असोज १, २०८०, सोमबार | दिउँसो ०२:३१ बजे | 20


बिनायकमा सिक्किमेली खेलाडीहरूलाई स्वागत

शिक्षा र अतिरिक्त कृयाकलापहरूमा अगुवा गरिरहेकाे बिनायक शिक्षा निकेतन, मध्यपुर थिमिमा सिक्किमेली खेलाडीहरूलाई एक समाराेहबिच स्वागत गरेकाे छ । नेपाली खेलाडीहरूसंग नयाँ खेल "Pickle Ball" काे मैत्रीपूर्ण खेल खेल्न अाएका खेलाडीहरूकाे सम्मानमा अायाेजित उक्त समाराेहकाे सभापतित्व बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्री गणेशराम लाछीले गर्नुभएकाे थियाे । बिद्यालयका संस्थापक प्रिन्सिपल श्री सुरेन्द्र बिक्रम प्रजापतिले स्वागत गर्दै बिद्यालयकाे संक्षिप्त परिचयसँगै बिद्यालय र सिक्किमसँगकाे सम्बन्धकाे चर्चा गर्नुभएकाे थियाे भने "Pickle Ball Association of Nepal" का अध्यक्ष, साैरभजीले उक्त खेलकाे परिचय र सम्भावना ब्यक्त गर्नुभयाे । सिक्किमेली खेलाडीहरूकाे प्रतिनिधित्व गर्दै रितेश रिजालले उक्त खेल खेल्दाकाे अाफ्नाे अनुभव सुनाउनु भएकाे उक्त कार्यक्रममा "Pickle Ball Association of Sikkim" का महासचिव श्री हेमन्तजीले उक्त खेलकाे संक्षिप्त ईतिहासकाे जानकारी गराउँदै नेपाल-सिक्किम सम्बन्धकाे खुलेर चर्चा गर्नुभयाे । बिद्यालयका +२ संयाेजक श्री तुल्सीहरि प्रजापतिद्वारा सञ्चालित साे समाराेहमा सभापति श्री गणेशराम लाछीले सिक्किमसँग साँस्कृतिक सम्बन्ध घनिष्ट हुँदै अाएकाेमा अब खेलकुदकाे सम्बन्ध हुने कुराले खुशी भएकाे जनाउनु भयाे । साथै, अागामी दिनहरूमा बिद्यार्थी Exchange कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव ब्यक्त गर्नुभएकाे थियाे ।

फाेटाेमा हेर्नुहाेस्...

बिनायकमा सिक्किमेली खेलाडीहरूलाई स्वागत

Comments