तीजको उपलक्ष्यमा विश्व कीर्तिमानी सगरमाथा आरोही पत्रकार कल्पनाले गराइन् क्लाइम्बिड

भदौ २६, २०८०, मङ्गलबार | विहान ०८:२० बजे | 45

तीजको उपलक्ष्यमा विश्व कीर्तिमानी सगरमाथा आरोही पत्रकार कल्पनाले गराइन् क्लाइम्बिड

विश्व कीर्तिमानी सगरमाथा आरोही पत्रकार कल्पना महर्जनले उपत्यकाभित्रका महिलाहरुलाई तीजको उपलक्ष्यमा क्लाइम्बिड.गराएकी छिन् । जधानीको धुम्वाराहीमा रहेको पासाग लामु स्पोटर्स क्लाइम्बिङमा कल्पनाले उपत्यकाभित्रका विभिन्न विधाका ब्यक्तिहरुलाई सहभागि गरएकी हुन् 
संस्कृति र साहससँगसँगै भन्ने नाराका साथ एकहप्ते तिज अन दी वाल कार्यक्रमको क्रममा महिलालाई क्लाइम्बिङ गराइएको हो । महिलाहरुले त्यहाँ रहेको स्पोर्टस् क्लाइम्बिङमा क्लाइम्बिङ गरेका थिए । साथ साथै तिजको गितमा नाचेर रमाइलो पनि गरेको थियो 
तीजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ एकहप्ते तीज अन दी वाल सुरु गरिएको उनले बताइन् । कार्यक्रम अन्तर्गत फरकफरक दिन फरकफरक क्षेत्रका मानिसलाई क्लाइम्बिङ अभ्यास गराउने कार्यक्रम तय गरिएको छ ।
माउण्टेन एडभेन्सर सपोर्ट एकेडेमीको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमका लागि एक्सेरेन्स आउटडोर नेपालले व्यवस्थापन गरेको थियो । कार्यक्रमा, सफल महिला समूहका महिला दिदि बहिनीहरु, भास्सरा मा.विका विद्यार्थीहरुको साथै ललितपुर महानगरपालिका वडा नं. २३ का बाल क्लबहरुका भाईबहीनरुले पनि क्लाईम्बिड.को अनुभव लिनुका साथै रमाइलो गरेर तिज मनाएको छ । यसरी नेपालमा भइरहेको आरोहण खेलको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस कार्यत्रमाको नाम नै तिज अन द वाल भन्ने गरेको छ । आरोही कल्पना महर्जनले विगत केहि वर्ष देखि नेपाली हिन्दू महिलाहरुको महान पर्व तिजको उपलक्ष्यमा यसरी नयाँ पुस्तालाई नेपाली संस्कृतिको महत्व बुझाउँदै सिकाउँदै साहसिक बन्न प्रेरणा दिदै आइरहेको छ ।

फाेटाेमा हेर्नुहाेस्...

Comments