काजिलाल व्याडमिन्टन खेलको उद्घाटन
भदौ २०, २०८०, बुधबार | दिउँसो ०१:०३ बजे | 45
ललितपुर । ललितपुर महानगर पालिकाका मेयर चिरि बाबू महर्जनले काजिलालको सम्झना हुन गइरहेको ब्याडमिन्टन खेल पछि सम्म निरन्तरता कायम हुर्ने आफ्नो धारणा रहेका वताउनु भयो कार्यक्रममा बोल्नु हुँदै उहाँले काजिलाल र ज्यापु समाज एक अर्कोको परिपुरक जस्तो भएकोले उहाँलाई सम्झन यस खेलले निरन्तता पाउने पर्ने यसै खेलबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडि निस्कन सक्ने बताउनु भयो । साथै यसै कायृक्रममा उपस्थित मोहन बहादुर शाहि व्याडमिन्टन खेलको धुरन्धर भएकाले उहाँको उपस्थितिले सयौलाई उर्जा थप्ने पनि भन्नु भयो । आज सम्पन्न सो कार्यक्रम ज्यापु समाज ललितपुर खेलकुद शाखाको आयोजनामा काजिलाल ब्याडमिन्टन खेलको उद्घाटन ललितपुरका मेयर महर्जनर व्याडमिन्टन खेलाडि शाहिले गर्नुभएको थियो ।
उद्घाटनको समयमा विभिन्न टिमले खेल शुरु गरेका थिजए भने खेलभरिमा भेट्रान ११ टिम, मेन्स डबल ४० टिम र अण्डर १७ को ८ टिमको उपस्थिति रहने पनि सो कार्यक्रममा जानकारी दिनुभएको छ ।
काजिलाल व्याडमिन्टन खेल शुचारु गर्नको लागि स्व. काजिलाल अवालेको घरबाट १० लाख अक्षयकोष स्थापना गर्न सहयोग रहने र रकम नपुग भएकोले यसलाई बढाउन छलफल भइरहेको पनि जानकारि दिनुभयो ।
संयोजक बाबुराजा महर्जनको सभापतित्वय् भएको सो कार्यक्रममा स्वागत मन्तव्य उप संयोजक बिनोद महर्जनले दिनुभएको थियो भने कार्यक्रममा नेपालका चर्चित रेफ्रि अनुप रत्न शाक्य, युवा तथा श्रम विभागका प्रमुख साथै उपाध्यक्ष किरण डंगोल, समाजका अरु उपाध्यक्षहरु र धुरन्धर व्याडमिन्टन खेलाडि मोहन बहादुर शाही र काजिलालको घरपरिवारको पनि उपस्थिति रहेको थियो ।
फाेटाेमा हेर्नुहाेस्...