नेपाली टिमलाई हौसला दिन खेलकर्मी, राजनीतिज्ञदेखि कलाकारसम्म पुगे श्रीलंका
भदौ १८, २०८०, सोमबार | दिउँसो ०२:०० बजे | 5
नविना श्रेष्ठ श्रीलंकाको केन्डीस्थित पालेकेले रंगशालामा जारी खेलमा नेपालले टस हारेर ब्याटिङ गरिरहेका छन्।३८औं ओभरको खेल चलिरहँदा नेपालले १७८ रन बनाएको अवस्थामा वर्षाका कारण खेल अवरुद्ध भएको छ। नेपाली टिमलाई हौसला दिन खेलकर्मी, राजनीतिज्ञदेखि कलाकारसम्म पुगेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीमतीसहित त्यहाँ पुगेको थियो। त्यसैगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पनि पुगेका छन् । नेपाल प्रहरीका पूर्व डीआईजी तथा नेता रमेश खरेल , नायिका वर्षा सिवाकोटी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दसहितका पदाधिकारी, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान लेखबहादुर क्षेत्री, पूर्व खेलाडी शक्ति गौचनलगायत पनि श्रीलंका पुगेको छ। एसिया कप क्रिकेटअन्तर्गत नेपालले समूहगत चरणको दोस्रो तथा अन्तिम खेलमा अहिले भारतसँग प्रतिस्पर्धा गरेका छन्। नेता र कलाकारका अतिरिक्त क्यानण्डीस्थित रंगशाला बाहिर उल्लेख्य मात्रामा नेपाली समर्थक देखिएको यो तस्बिरमा हेर्नुहोस नेपाली खेलाडीलाई हौसला दिन पुगेका नेपाली समर्थकहरू भिड छन्।
फाेटाेमा हेर्नुहाेस्...