चौथो जित निकाल्ने क्रममा नेपालले कतारलाई ९ विकेटले पराजित गरे
भदौ १८, २०८०, सोमबार | विहान ०७:३७ बजे | 10
नविना श्रेष्ठ
लगातार चार खेल जित्दै नेपालले सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ। चौथो जित निकाल्ने क्रममा नेपालले कतारलाई ९ विकेटले पराजित गरेको छ। मलेसियाको बांगीमा कतारले दिएको ७५ रनको विजयी लक्ष्य नेपालले १० औं ओभरमा भेट्टायो। नेपालले आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा स्थान बनाएका छन्।
नेपालकी काजल श्रेष्ठले सर्वाधिक ३२ रन बनाइयो। २८ बल खेल्दै ३२ रन बनाएका छन्।भने अर्की ओपनर सिता रानामगर १७ रनमा नआउट रहँदा इन्दु बर्मा पनि २० रन बनाउँदै क्रिजमा रहन सफल भएको हो।
टस हारेर ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनायो। कतारका लागि साक्षी दधवालले सर्वाधिक २१ रन बनाइयो। ४४ बल खेलेकी इन्दू बर्माको बलमा एलबिडब्लू भइन्। त्यसपछि एलिना खानले १५ रन बनाएर रन आउट भए । कप्तान आइसाले १० रन बनाइन भने एन्जलेनी मरेले १४ रन बनाइयो। कतारलाई सस्तैमा समेट्न नेपालकी इन्दू बर्माले ३ विकेट लिइन भने पुजा महतो र कविता जोशीले एक एक विकेट लिएका छन्।
लगातारको चौथो जित निकालेको नेपालले ८ अंक भएका छन् ।कतार चारै खेलमा पराजित हुँदै बाहिरिएको छ। आइतबार भएको खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेका थिए। त्यसैगरी नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो। नेपालले अर्को खेलमा बुधबार यूएईसँग खेल्ने छ। युएईले अहिले बहराइनसँग खेलिरहेको छ। यूएईले बहराइनलाई १४३ रनको विजयी लक्ष्य दिएका छन्।
११ टोली सम्मिलित प्रतियोगितामा नेपालको समूहमा ६ टोली रहेका छन्। समूह ए को शीर्ष दुई टोली मात्र सेमिफाइनलमा पुग्ने छ। नेपाल सेमिफाइनलमा पुगेको खण्डमा समूह बी का हङकङ, थाइल्याण्ड र कुवेतमध्ये एकसँग खेल्ने संभावना रहेका छन्। समूह बी मा ३ खेलबाट ६ अंक बटुलेको हङकङ शीर्षस्थानमा छन्। थाइल्यान्डको २ खेलबाट ४ अंक जोडेको थियो। कुवेतले पनि एक खेल जित्दै २ अंक पाएको छ।