बालनले क्रिकेट टिमलाई शुभकामना दिँदै भने-अब सपना पूरा हुने भयो
भदौ १३, २०८०, बुधबार | विहान ११:३० बजे | 35
नविना श्रेष्ठ काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सफलताको शुभकामना दिए। एसिया कपको उद्घाटन खेलमा पाकिस्तानसँग खेल्न लागेकोमा बधाई पनि दिएको छ। टीभीमा सोएब अख्तर, शाहीद अफ्रिदी, बाबर आजम, शाहीन अफ्रिदीहरुको खेल हेरेर रमाइने गरेको स्मरण गर्दै बालेनले तिनै खेलाडीसँग नेपाली खेलाडीले खेल्दै गरेको सपना आज पूरा हुने पनि उल्लेख गरिएका छन्। “विश्वकप विजेताहरुको देश र वरीयतामा उपल्लो क्रममा रहेका खेलाडी भएको टिमले सधैँ रोमाञ्चकता त दिन्थ्यो तर आजको दिनमा सोचिन्थ्यो, साचिकै नेपाली टोलीले पनि यिनै खेलाडीहरुसंग खेल्दा कस्तो हुन्थ्यो,होला! अफ्रिदीको योर्करलाई भुर्तेलले कसरी सामना गर्थे होला! भने सोमपालको बलिङमा बाबर आजमले कसरी कभर ड्राइभ हान्छन् होला ! र सन्दीपले रिजवानलाइ कसरी स्पिनमा नचाउँछ होलान् !,” उहाँले फेसबुकमा लेखेका छन्, “यस्ता अविश्वासिला जस्ता लाग्ने कौतुहलता सधैँको मनमा रहन्थ्यो । यो सपना आज केही समयमा पूरा हुँदै छन्।