२७ अगष्ट अन्तर्राष्ट््िर बक्सिङ दिवसको अवसरमा भक्तपुरमा बक्सिङ
भदौ १०, २०८०, आइतबार | विहान ०९:२५ बजे | 35
भक्तपुर, १० भाद्र । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा भक्तपुर नगरपालिकाका उपप्रमुख श्री रजनी जोशीको प्रमुख आतिथ्यतामा २७ अगष्टका दिन अन्तर्राष्ट्रि बक्सिङ दिवसको अवसरमा भक्तपुर भक्तपुर नगरपालिकाको सहयोगमा “अन्तर खेलाडी(प्रशिक्षार्थी) बक्सिङ प्रदर्शनी प्रतियोगिता कार्यक्रम–२०८०” एक समारोह बीच कमल विनायक बक्सिङ कर्वड हल भनपा – १० मा आइवार सम्पन्न भयो ।
कार्यक्रममा उपप्रमुख श्री रजनी जोशीले भक्तपुर कला सँस्कृति र सम्पदाको धरोहर नगर शिक्षा स्वास्थ्यसंगसंगै खेलकुदको गतिविधिले अगाडि बढेकोमा गर्वाभिंत भएको बताउनुभयो । उहाँले प्रत्येक बर्ष अन्तर गर्दै आएको र खेलकुद गतिविधि बढाउन सके अन्तर्राष्ट्रिय खेलाडी तयार हुनेमा आशावादी हुनुभयो । उहाँले बक्सिङ रिङ्ग पहिलो चोटी भएको भन्दा गौरब अनुभुति भएको बताउँदै राष्ट्रिय अन्तर्राष्ट्रिय मेडल प्राप्त गर्न सक्ने खेलाडी तयार गर्न प्रशिक्षक र रेफ्रि जर्जले मेहनत गरिरहनु भएको छ भने तयार भए समाज र देशको तारा हुने बताउनुभयो । उहाँले खेलाडी खेलाडी मात्र नभए व्यवसायिक पनि हुन सक्छ भने देशलाई जोगाउने, माया गर्ने सक्षम नागरिक तयार हुने बताउनुभयो । उहाँले परिवार र समाजको निम्ति योगदान गर्ने खेलाडीहरु माझ आउँन पाउँदा धेरै कुराहरु सिक्ने अवसर प्राप्त भएको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं ७ का वडाध्यक्ष एवम् पूर्व नगरखेलकुद समितिका अध्यक्ष उकेश कवाँले बक्सिङ दिवब खेलाडीहरुको लागि ठूलो पर्व भएको बताउँदै सन् १९७४ अमेरिकाको नाकाबन्दि बाबजुद पनि क्यूवाको हवानामा भएको विश्व बक्सिङ्ग च्याम्पियनमा आयोजक देशले बढी पदक जित्न सफल भएको दिनका रुपमा सन् २०१७ देखि मनाउँदै आएकोले निश्चय पनि कम्युनिष्ट देशले मेडल बढी जित्दा कम्युनिष्ट प्रति आस्था हुनेहरु बढी उत्साहित हुने बताउनुभयो । उहाँले उत्तर कोरियाले पनि ओलम्पिकको बक्सिङ खेलमा बढी मेडल ल्याउँदा हर्षित भएतापनि ती खेलाडीहरुलाई अमेरिकाले किनेर पलायन हुने गरेकोले खेलाडीहरु इमान्दार र जिम्मेवारीका साथ अनुशासित हुनु पर्ने बताउनुभयो । उहाँले नेताहरु इमान्दार नहुँदा अहिले ललिता निवासमा अर्वैंको भष्ट्राचार भएको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं १ का वडाध्यक्ष एवं युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले जन्मदेखि मृत्युसम्मको आवश्यक सेवा पु¥याउने उद्देश्यले भक्तपुर नगरपालिकाले कार्य गर्दै अएको बताउँदै शिक्षा स्वास्थ्यसंगै खेलकुद गतिविधि पनि अगाडि लगिरहेको बताउनुभयो । उहाँले खेलकुद विद्यालयस्तरबाट उत्थान गर्न आवश्यक भएकोले विद्यालय स्तरिय प्रतियोगिता गरि रहेको बताउनुभयो । उहाँले खेल प्रशिक्षण विद्यालयहरुमा केन्द्रीत गर्न शिक्षक र विद्यालय प्रशिक्षकहरुलाई तालिमहरु दिने बताउनुभयो ।
कार्यक्रममा नेपाल बक्सिङ महासंघका महासचिव मान बहादुर भण्डारीले राजनीति र खेलकुद अलगअलग गर्नुपर्छ भनेर सबैले भन्छ तर भक्तपुरका राजनेताहरुले राजनीति र खेलकुदसंगै लानु पर्ने कुराहरु भक्तपुरबाट सिक्नु पर्ने बताउनुभयो । सम्पदा र सँस्कृतिले धनी भक्तपुर अनुशासित खेलाडी तयार हुने र अनुशासन सिकाउने ठाउँ हो भन्नुभयो । उहाँले महासंघले बार्षिक कार्यतालिका क्यालेण्डर बनाएर बक्सिङ विकास गर्न विभिन्न गतिविधिहरु अगाडि बढाउने बताउनुभयो ।
कार्यक्रम भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिलेको सभापतित्वमा सम्पन्न भएको थियो । उहाँले सभापतिको मन्तव्य राख्दै २७ अगष्ट अन्तर्राष्ट्रिय बक्सिङ दिवसको अवसर भक्तपुर नगरपालिकाको सहयोगमा अन्तर खेलाडी(प्रशिक्षार्थी) बक्सिङ खेल प्रदर्शनी प्रतियोगिता कार्यक्रम २०८० सफल पार्न नैतिक, भौतिक र आर्थिक सहयोगका साथै आफ्नो अमुल्य समय दिएर कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाई सफल पारिदिनु भएकोमा मुरी मुरी धन्यवाद दिन भयो । उहाँले विश्वव्यापी बक्सिङमा सहभागिता बढाउन, प्रशंसक बढाउन, युवा पुस्तालाई बक्सिङमा अभिप्रेरित गर्न, बक्सिङ खेललाई उत्कृष्ट र स्तरिय बनाउन, र बक्सिङमा सक्रियता बढाउन, सामुहिक सहभागिता, बक्सिङ खेलको विकास र विस्तारको उदेश्यका लागि अन्तर्राष्ट्रिय बक्सिङ दिवस मनाएको बताउनुभयो । उहाँले सन् १९७४ मा क्यूवाको हवानामा आयोजित अन्तर्राष्ट्रिय बक्सिङ महासंघ(आइबा)ले विश्व बक्सिङ च्याम्पियनशीपको पहिलो संस्करण अगष्ट १७ देखि ३० सम्म भएको प्रतियोगितामा ११ वटा च्याम्पियन आयोजक राष्ट्र पदक तालिकामा शिर्ष स्थानमा रहेको अवसरमा २०१७ पहिलो पटक अन्तर्राष्ट्रिय बक्सिङ दिवस मनाएको बताउनुभयो । उहाँले पहिलो पटक आयोजित विश्व बक्सिङ प्रतियोगिता आयोजक देश क्युवाले धेरै मेडल जित्न सफल भएको अवसरमा अन्तर्राष्ट्रिय बक्सिङ दिवश मनाएको बताउनुभयो । उहाँले २०१७ पहिलो पटक अन्तर्राष्ट्रिय बक्सिङ दिवस पहिलो पटक अन्तर्राष्ट्रिय बक्सिङ दिवस रुसको राजधानी मस्को रेड स्क्वायरमा मनाएको बताउँदै आइबाले २०१९ मा मात्र मान्यता दिएपछि अन्तर्राष्ट्रिय बक्सिङ दिवस २०२३ मा हामी मनाइ रहेको छौं भन्नुभयो । उहाँले विश्वको ५० भन्दा बढी विभिन्न देशहरुको राष्ट्रिय महासंघहरु आवद्ध भई यो दिवस मनाउन नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले मस्को बृहत कार्यक्रममा सहभागी हुन गएको समेत जानकारी दिनुभयो । उहाँले बक्सिङ खेललाई युवाहरुमाझ हिंस्रक भन्दा पनि बौद्धिक खेलको रुपमा अंगाल्न सके तिक्ष्ण बुद्धि र स्वस्थ्थ शरीरले आत्मरक्षादेखि हरेक नेतृत्वदायी भुमिका निभाउन सक्ने र व्यवक्तित्व विकासमा समेत अवसर पाउने यो खेलले नयाँ पुस्ता युवाहरुलाई विकृति र विसंगतिबाट टाढा राखी देशभक्ति युवा तयार हुनेमा आशावादी रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गौतम सुजखु, जिल्ला बक्सिङ संघका सचिव साजन लघुले पनि बोल्नुभएको कार्यक्रममा भक्तपुर नगरपालिका १० नं वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखा, नेपाल बक्सिङ महासंघ उपाध्यक्ष श्याम अवाले, केन्द्रीय सदस्य अर्जुन के.सी., सल्लाहकारहरु विश्वराम कवाँ, रबिन्द्र खर्बुजा, बिनोद चरण राय, केशब त्वनाबासुको सहभागीता थियो ।
फाेटाेमा हेर्नुहाेस्...