मच्छिन्द्र फुटबल क्लब भारतीय क्लबसंग प्रतिस्पर्धामा


साउन ३१, २०८०, बुधबार | विहान ०९:१० बजे | 55


मच्छिन्द्र फुटबल क्लब भारतीय क्लबसंग प्रतिस्पर्धामा

नविना श्रेष्ठ एसियाली क्लब फुटबलको प्रतिष्ठित एएफसी कपको प्रारम्भिक छनौटतर्फ दोस्रो चरणको खेलमा आज नेपालको मच्छिन्द्र फुटबल क्लबले चर्चित भारतीय क्लब मोहन बगान सुपर जायन्ट्ससँग प्रतिस्पर्धा गर्दैछ। जुन खेल नेपाली समयअनुसार आज बेलुका ७ः१५ बजेदेखि कोलकाता स्थित मोहन बगानको घरेलु मैदान साल्ट लेक स्टेडियममा हुँदै छ । आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण छ । जित हात पार्ने टोली प्ले अफमा पनि पुग्ने छन्। पछिल्लो समय केही लय गुमाएको देखिए पनि इण्डियन सुपर लिग क्लब मोहन बगान मच्छिन्द्र विरुद्ध बलियो प्रतिद्वन्द्वी बन्ने निश्चित छ । त्यसमा घरेलु मैदानको साथ र समर्थकको समर्थन पनि मोहन बगानलाई नै रहनेछन्। पहिलो चरणको खेलमा भुटानी च्याम्पियन पारो एफसीलाई हराएर उत्साहित बनेको मच्छिन्द्र आजको खेलका लागि आत्मविश्वास रहेको छ। मच्छिन्द्रका प्रशिक्षक किशोर केसी भन्छन्, “हामी यहाँ जितका लागि आएका हौं । हाम्रो तयारी पनि राम्रो रह्यो । मोहन बगान विरुद्ध हामी निश्चित जितका लागि खेल खेल्नेछौं ।” केसीका अनुसार पारो एफसीलाई हराएर आफूहरु उत्साहित र आत्मविश्वासी रहेकाले आजको खेलमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्। भने मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले पनि हाल टिम सन्तुलित र टिमको लय पनि राम्रो देखिएकोले नतिजा पनि राम्रो निस्किनेमा आशावादी रहेको बताएका छन्। स्मरण रहोस, मच्छिन्द्रले काठमाडौं मै भएको प्रारम्भिक छनौटको पहिलो चरणको खेलमा पारो एफसीलाई ३–२ ले हराउँदै दोस्रो चरणमा मोहन बगानसँगको भेट पक्का गरेको थियो । खेलाडीहरूको आत्माविश्वास अझ उच्चारणमा दिलाउन मछिन्द्र क्लबका अध्यक्ष सुनिल कपाली, सचिव किरण महर्जन लगायत क्लब प्रर्ति शुभचिन्तक उच्च व्यक्तित्वहरू भारत पुगेका छन्

Comments

ताजा खबर