तोखाको सान नेपाल क्रिकेट संघ (क्यान) मा विश्वकप एशियामा खुसी डंगोल छनोट
साउन ३०, २०८०, मङ्गलबार | विहान १०:३१ बजे | 15
नविना श्रेष्ठ
तोखाको सान खुशी डंगोल नेपाल क्रिकेट संघ (क्यान)ले घोषणा गरेको आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट प्रतियोगिताका लागि अन्तिम १४ सदस्यीय टोलीमा पर्न सफल भएको छ।
आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट प्रतियोगिता यहिअगस्ट ३१ देखि ९ सेप्टेम्बरसम्म मलेसियामा आयोजना हुने प्रतियोगिताको लागि क्यानले बिहीबार टोलीको घोषणा गरेको थियो। टोलीमा खुशी डंगोलसंगै कप्तान रुविना क्षेत्रीसहित ,सीता राना मगर,इन्दु बर्मा,बिन्दु रावल,कविता कुँवर,कविता जोशी,पुजा महतो,सम्झना खड्का,ईश्वरी विष्ट,काजोल श्रेष्ठ,रुवि पौडेर,अप्सरी बेगम र अस्मिना कर्माचार्य टोलीमा परेका छन्।
भने ११ टिम सहभागी हुनेछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ‘ए’ मा बहराइन, भुटान, मलेसिया, कतार र यूएई रहेको छ। त्यसैगरी समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड रहेका छन्। समूह चरणमा सबै टोलीले एक अर्कासँग १/१ खेल खेलेपछि दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। त्यसबाट विजेता दुई टोलीले फाइनल खेल्ने छन्। फाइनल पुग्ने दुई टोली ग्लोबल छनोटमा पुग्ने छन्।