मछिन्द्र क्लब एएफसी दोस्रो चरण खेल्न भारत प्रस्थान
साउन २९, २०८०, सोमबार | विहान ०९:२० बजे | 25
नविना श्रेष्ठ मछिन्द्र फुटबल क्लब एएफसी कप छनोटको दोस्रो चरण खेल्नका लागी हिजो भारत प्रस्थान गरेको छ । नेपालमा भएको भुटानको पारो एफसीविरुद्ध पहिलो चरणको खेल जितेपछि दोस्रो चरणमा मछिन्द्रले मोहन बगान सुपर जायन्टको सामना गर्ने छ । दशरथ रंगशालामा मछिन्द्रले पारो एफसीलाई ३-२ गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो।