२० बर्ष मुनिको खेलाडीहरुको बक्सिङ प्रतियोगिता गर्न २० लाख
साउन २७, २०८०, शनिबार | दिउँसो ०१:१९ बजे | 25
काठमाण्डौं, २७ साउन । बागमति प्रदेश बक्सिङ संघको दोश्रो पूर्ण कार्यसमितिको बैठक तथा प्रमाणपत्र वितरण कार्यक्रम २०८० प्रदेश खेलकुद परिषद् बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्यतामा रंगशालामा एक समारोह बीच शनिवार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि सूर्यलाल भण्डारीले असहज परिस्थितिबाट गुज्रिएको संघलाई सहयोग गरी यहाँसम्म पुगि नेपाल कै उत्कृष्ट संघ बन्न सफल भएकोमा बधाई दिँदै गलत व्यक्तिको हावि नहोस् भनि जुनसुकै संस्थामा सानो सानो चाहनाले मत बाँझिएर पक्ष विपक्ष हुने बताउनुभयो । उहाँले बक्सिङ कल्चर विकास गर्न विभिन्न ठाउँमा प्रदेश खेलकुद प्रतियोगितामा बक्सिङ खेल समावेश गरी आयोजना गरेको बताउनुभयो । उहाँले २० बर्ष मुनिको खेलाडीहरुको बक्सिङ प्रतियोगिता गर्न २० लाख रुपैंया छुट्ट्याएको बताउँदै मार्शल आर्टस् खेलमा बक्सिङ खेललाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारी सुरु गरी सकेको बताउँदै प्रदेश खेलाडीहरु विदेशीने र विभागिय टिमबाट फर्केपछि निराश हुनु पर्ने अवस्थाबाट मुक्त हुने बतावरण तयार गर्न अधि सरिरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेले महासंघ बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिई सबैको सहयोगले मात्र सफल भएको बताउनुभयो । उहाँले संघहरुको उत्कृष्ट संघ भनेर घोषणा भई अवार्ड पाउँदा धेरै खुसि लागेको बताउँदै एसियन गेममा ब्रोन्ज मेडलबाट माथि प्राप्त गर्न नसकेकोले अव चीनको हानचाउमा हुने एसियन गेममा सफलताको लागि भारत लगायत विभिन्न स्थानहरुमा प्रशिक्षण गराई रहेको बताउनुभयो ।
कार्यक्रममा महासचिव मान बहादुर भण्डारी, कोषाध्यक्ष गौतम सुजखुले बोल्नु भएको कार्यक्रम प्रदेश संघका अध्यक्ष धनकुमार मैनालीको सभापतित्वमा भएको थियो भने सचिव रामकृष्ण प्रजापतिले संचालन गर्नुभएको थियो ।
बैठकले महिला सदस्यमा कबुना श्रेष्ठ काठमाण्डौ, सल्लाहकारमा विश्वराम कवाँ, लालबहादुर महर्जन, इन्द्र कुमार श्रेष्ठ, शहदेव राउट, राजिब गिरी मनोनयन र बिधान मस्यौदा उप–समिति धनकुमार मैनाली, आर्थिक व्यवस्थाप तथा संकलन उप–समिति सुमन कुमार के.सी, प्रचार प्रसार उप–समिति रामकृष्ण प्रजापति, प्राविधिक उप–समिति रामचन्द्र थापामगर, तालिम तथा प्रशिक्षण उप–समिति रमेश श्रेष्ठको संयोजकत्वमा गठन गरेको सचिव रामकृष्ण प्रजापतिले बताउनुभयो ।
फाेटाेमा हेर्नुहाेस्...