भुटानको पारो एफसी क्लबलाई पराजित गर्दै मछिन्द्र दोस्रो चरणमा प्रवेश
साउन २४, २०८०, बुधबार | विहान ११:०५ बजे | 40
नविना श्रेष्ठ नेपालको मछिन्द्र क्लबले भुटानको पारो एफसी क्लबलाई पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ। एएफसी कप फुटबल प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको थियो ।खेलमा मछिन्द्र क्लबले पारो एफसी क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो। सहिद स्मारक ए डिभिजन लिगको उपविजेता बनेको मछिन्द्रले एएफसी कप खेल्ने अवसर पाएको छ। लिगमा च्यापियन बनेको चर्च ब्वाइज क्लबसँग एएफसी क्लबको लाइसेन्स नहुँदा उपविजेता बनेको मछिन्द्रले मौका पाएको हो। खेलमा पहिलो अग्रता भने पारो एफसीले लिएको थियो ।भने खेल सुरु भएको सातौँ मिनेटमा काजुओ होम्माले गोल गर्दै सुरुआती अग्रता दिलाएको हो। पारो एफसीले गोल गरेको पाँच मिनेट पनि बित्न नपाउँदै मछिन्द्रले गोल फर्काएको हो। मछिन्द्रका खेलाडी विमल घर्तीमगरले खेलको १२औँ मिनेटमा गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए। एरिक विष्टको छोटो कर्नर पासमा आयुष घलानको सहयोगमा विमलले हेडमार्फत सुन्दर गोल गरेकाे हो। खेलको १५ औँ मिनेटमा आयुष घलानले नै गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाएको थियो।त्यसपछि खेलको ३९ औँ मिनेटमा विदेशी खेलाडी अफिज ओलावालेले गोल गर्दै मछिन्द्रको अग्रता तेब्बर बनाएको हो। ओमोलाजा करिमको पासमा गोल गरेका थिए। खेलको पहिलो हाफसम्म ३–१ गोलको अग्रता लिएको मछिन्द्रले खेलको दोस्रो हाफमा एक गोल खान पुग्यो। खेलको ७१औँ मिनेटमा पारो एफसीका इभान्स अशान्तेले एक गोल थपे हो । जितसँगै अब मछिन्द्रले एएफसी कपको दोस्रो चरणमा भारतको मोहन बगान क्लबसँग खेल्ने छन्।भने उक्त खेल साउन ३१ गते हुने छ। खेलको विजेताले बंगलादेशको ढाका अबहानी क्लब र माल्दिभ्सको क्लब इगल्सबीचको विजेतासँग आगामी भदौ ५ गते खेल्ने छन्।मछिन्द्रले गत वर्ष पनि एएफसी कपको प्रारम्भिक चरण खेलेको थियो। जसमा मछिन्द्र श्रीलंकन क्लब ब्लु स्टारसँग घरेलु मैदानमै पराजित भएको थियो।
फाेटाेमा हेर्नुहाेस्...