रेकी उपचार ः संक्षिप्त परिचय


साउन २४, २०८०, बुधबार | विहान ०७:२० बजे | 65


रेकी उपचार ः संक्षिप्त परिचय

डा इन्दुल केसी
पृष्ठभूमि
हरेक मानिस स्वस्थ, सुखी र आनन्दित हुन चाहन्छ । तर विभिन्न कारणवस दुःख, रोग, व्याधि, अशान्तिले मानिसलाई सताई नै रहेको हुन्छ । रोगको कारण अनेक हुन्छन् अनि रोग निवारण गर्ने उपचार विधिहरु प्नि अनेक छन् । आयूर्वेदिक, प्राकृतिक, जल, वायु, अग्नि, माटो, आकाश जस्ता पञ्चतत्वको प्रयोगद्वारा गरिने उचपार, जडिबुटी, तन्त्र मन्त्र, झारफूक, आधुनिक एलोपेथिक उपचार, इत्यादि अनेकौं नामको उपचार विधिहरु छन् । यी उपचारविधि प्रयोग गर्ने आधारमा डाक्टर, वैद्य, ज्योतिषी, झाँकी, टुनामुना गरी पन्छाउने अनेक नामका उपचारकहरु छन् । 
रोगी स्वयम् वा रोगीका आफन्तजनहरु कसरी छिटो रोग निको पार्ने भनी विभिन्न औषधालय, स्वास्थ्य केन्द्र, क्लिनिक, हस्पिटलमा धाई औषधी खाने, चिरफर (अपरेशन) गर्ने काममा लागि धेरै समय, धेरै खर्च गरी स्वदेशमा र विदेशमा गई उपचार गराइ रहेको हामी सबैले देखेको सुनेका छौं । यस प्रसंगमा एउटा कविता
               उपचार
बिनारोगको निदानमा,
थरी थरीका डाक्टरहरूको प्रेस्किप्सनमा 
यहाँ बिरामीहरूको उपचार हुँदैछ । 
आहार विहारमा अभ्यस्तहीन बिरामीहरू 
डाक्टरको चर्को फिसमा
औषधिको महङ्गो बिलमा
आफ्ना श्रमका पसिना चुकाउंदै छन्
हो–यहाँ बिरामीहरूको उपचार हुँदैछ ।

हरेक शहरको
हरेक गल्ली गल्ली र टोल टोलहरूमा, 
दिन दुगुना रात चौगुना बढ्दैछन्
क्लिनिक, औषधालयहरू
फर्मास्युटिकल र ड्रग स्टोरहरू खुल्दैछन् 
हो – यहाँ बिरामीहरूको उपचार हुँदैछ ।

प्रत्येक दिन उद्घाटन हुँदैछन्
हस्पिटल, नर्सिङ्ग होम र स्वास्थ्य केन्द्रहरू 
तर घटेका छैनन् बिरामी र रोगीहरू 
घटेका छैनन् पुराना र थप नयाँ रोगहरू 
हो – यहाँ बिरामीहरूको उपचार हुँदैछ ।

थर्मामिटरमा चढेको तापक्रम मात्र होइन 
मन र मस्तिष्कहरूमा बढेको तनाव कति छ ?
मान्छेका नसा–नसामा बग्ने रगतको चाप मात्र होइन 
तिनीहरूको पारिवारिक तनाव र डिप्रेसनको राप कति छ ?

जलवायुको मात्र होइन
संकिर्ण विचारको प्रदूषण कति छ ? 
विकृत वातावरणको प्रभाव कति छ ? 
प्रत्येक दिन गरिने भीषण – भाषण 
र स्वास्थ्य – प्रतिवेदनहरूको ठेलीमा 
नेपालीहरू मात्र होइन
सिङ्गो नेपाल राष्ट्रनै नाङ्गिदै गएको 
तथ्य र यथार्थ तथ्याड्ढ कहाँ छ ?

दिनहुँ दुर्घटनामा मारिने
र आत्महत्या गरेर मर्ने
नेपाली मात्रको खास तथ्याड्ढ कहाँ छ ?
सुगरकोटेड तीतो र टर्राे, अमिलो औषधि खुवाएर 
आश्वासनका झूठा रसादिहरू पिलाएर 
अस्वस्थ्य, अपाङ्ग र पीडित तुल्याइएका 
नेपालीहरूको मूर्त–अमूर्त चित्र कहाँ छ ?

रोगी देशका – रोगी बिरामीहरूको
सिधा ठगी र व्यभिचारको औषधि उपचार हुँदैछ । 
हो – यहाँ बिरामीहरूको उपचार हुँदैछ ।

आफै बिरामी छन्
हाम्रा हस्पिटल र औषधालयहरू 
स्वच्छ पानी र औषधिको ठूलो अभाव छ, 
नामी डिग्रीवाल डाक्टर र वैद्यहरूको
अकर्मण्यता र लापरवाही बढ्दै छ, 
जनताका लागि, जनताको अस्पतालमा होइन 
आफ्नै क्लिनिकको आम्दानी बढ्दैछ, 
यो रोगी राष्ट्र र जनता
बर्बाद पारेर सम्पत्ति र सम्पदा
छटपटाएर, आजित भएर
आवाजहीन आवाज भएर
मृत्युहीन मृत्यु मर्दैछन् । 
साँच्ची हो,
म ठोकेर भन्छु –
हो – यहाँ बिरामीहरूको उपचार हुँदैछ ।
रचनाकार डा. इन्दुल केसी

उपचार विधि
उपचार विधिहरुमा सबैभन्दा प्राचिन हजारौं वर्ष पहिलेदेखि चलिआएको आयुर्वेदलाई मानिन्छ । योग उपचार, प्राकृतिक उपचार, युनानी, इमिची (तिबेटियन) होमोपेथी, सिद्ध मेडिसिन (धातु र खनिज पदार्थको प्रयोगद्वारा गरिने), अदुर्गचर, अकुप्रेशर, रेफलोसलोजी, किरोपायरिक, अस्तोपाथि, हिप्तोसिस, मनोचिकित्सा, आररोमा थेरापी, चुम्बक थेरापी, रंग चिकित्सा, संगित उपचार आधुनिक एलोपेथि (मेडिकल), रेकी उपचार इत्यादी छन् ।
सबै रोगीलाई रोगीको शारीरिक अवस्था, मौसमी वातावरण उपलब्धता, समय, आर्थिक व्यय भार, आदि कारणले विभिन्न रोगीहरुले आफ
लाई अनुकूल विभिन्न उपचार विधि अनुसार उपचार गरी रहेका हुन्छन् ।

रेकी उपचार
रेकी डिग्री प्राप्त गरेका रेकी मास्टरले उपचार चाहने व्यक्तिलाई ब्रम्हाण्डिय उर्जा ९ऋयकmष्अ भ्लभचनथ० दिएर रेकी उपचार गरिन्छ ।
शरीरका विभिन्न अंगहरुमा रेकी दिइन्छः 
जापानिज भाषाको यो रेकी शब्द हो । रे र की दुईवटा शब्द मिलेर बनेको हो । रे को अर्थ ब्रम्हाण्ड ९ऋयकmष्अ०, की को अर्थ शक्ति ९भ्लभचनथ० हो । जापानका डाक्टर मिकाओ उसुइ ९म्च। ःष्पबय ग्कगष्० ले प्राचिन उपचार विधिलाई पत्ता लगाई १९ औं शताब्दिमा रेकी उपचार विधि प्रचारमा ल्याउनु भएको हो । यसमा शक्ति ९भ्लभचनथ० प्रदान गरी उपचार गरिन्छ । वर्तमान समयमा विभिन्न व्यक्तिहरुले रेकीलाई अनेकों नाम दिएका पुस्तकहरु प्रकाशन गरको छन् ः
१) एम.स ब्रम्हाण्यिम – दिव्य ज्योति रेकी, २) विलियम लि. रायण्ड – द ओरिजिनल रेकी, ३) लेरिन्स इललेयार्ड – द ताव अफ रेकी, ४) रमेशचन्द्र शुक्ल – प्रभावी वैकल्पिक चिकित्सा रेकी, ५) डा. सुनिल – द ओन्दरफूल आर्ट आफ हिलिङ – रेकी, ६) बेवगिनसकी र सरामोन – युनिभर्सल लाइफ इनर्जि रेकी, ७) रजनीकान्त उपाध्याय – सार्वभौमिक उर्जा रेकी, ८) सुमित शर्मा – रेकी एण्ड हिप्नोसिस, ९) डा. योगी विकाशानन्द – आध्यात्मिक जापानी उपचार विधि

रेकी केन्द्र
क) मानिसको शरीरमा विभिन्न नामका चक्रहरु अदृश्य रुपमा रहेका हुन्छन् । यी चक्रहरुबाट विभिन्न प्रकारका उर्जाहरु प्रभावित भई शरीरको विभिन्न अंगमा गइरहेको हुन्छन् ।
१) मुलाधार चक्र, २) नाभी चक्र, ३) हृदय चक्र, ४) कण्ठ चक्र, ५) निधार आँखीभौको बिच चक्र, ६) सहस्रा चक्र
ख) शरीरका निम्न लिखित २० ओटा अंगहरुमा रेकी दिइन्छ 
  १) आँखा, २) कन्चट, ३) निधार, ४) टाउकोको माथिल्लो भाग, ५) गर्धन ६) हृदय ७) कलेजो ८) मनिपुर केन्द्र ९) फियो १०) नाइटो ११) काप १२) दायाँ घुँडा १३) बायाँ घुँडा १४) गोलिगाँठो जोर्नी १५) पैताला १६) काँध १७) माथिल्लो पिठ्युँ १८) मध्ये पिठ्युँ १९) मृगौला २०) मूलाधार केन्द्र

रेकीका प्रतिकका नामहरु ९क्थmदय०ि
  १) होन सा जे सो नय्न २) से हायकी ३) चो कू रे – यी तीनै ओटा जापानिज भाषामा राखिएका नामहरु हुन् । रेकी उपचार गर्दा रेकी मास्टरले यी प्रतिकहरु प्रयोग गर्दछन् । 

समय
१) रेकी उपचार गर्दा उल्लेखित शरीरका २० ओटा विभिन्न अंगहरु कमसेकम ५ देखि १० मिनेट समय हत्केलाले स्पर्श गरी शक्ति पात गरिन्छ । 
२) त्यसपछि रोग लागेको शरीरको विशेष स्थानमा कमसेकम १० मिनेट शक्ति पात गरिन्छ ।
३) समयको अभाव भएमा केवल रोग लागेको स्थानमा मात्र पनि शक्ति पात गरिन्छ ।

केही नियमहरु
१) रेकी उपचार दिने र उपचार प्राप्त गर्ने व्यक्ति दुवै सफा, स्वच्छ भई बस्नुपर्छ ।
२) खाद्य पदार्थको उचित पठपरेजमा बस्नु पर्दछ ।
३) रेकी सिक्न चाहने वा उपचार चाहने व्यक्तिले औपचारिक रुपमा रेकी शिक्षा दिक्षा प्राप्त गरी रेकी मास्टर भइसकेका प्रभावकारी रुपमा शक्ति पात गर्न सक्षम व्यक्तिबाट मात्र उपचार लिने, प्रशिक्षण लिने गर्नुपर्दछ ।
४) रेकी उपचार वा शिक्षा निःशुल्क रुपमा लिनु दिनु हुँदैन । 

केही विशेष जानकारी
१) रेकी शिक्षा दिक्षाका विभिन्न तहहरु छन् । क) प्रथम डिग्री ख) दोश्रो डिग्री ग) मास्टर ए डिग्री घ) मास्टर बी डिग्री
२) रेकी उपचार दूरस्थ ९म्ष्कतबलत ज्भबष्लिन० पनि हुन्छन् । जुन उपचार चाहने व्यक्ति र उपचार दिने व्यक्ति एकै स्थानमा नभई अलग – अलग स्थानमा रहेका हुन्छन् । रेकी उपचार चाहनेले उपचारको लागि अनुरोध गर्नु अनिवार्य छ ।

Comments