केन्पो खुकुरी मार्शल आर्टस्का खेलाडीहरुको ग्रेडिङ कार्य सम्पन्न


साउन २३, २०८०, मङ्गलबार | दिउँसो ०३:१४ बजे | 60


केन्पो खुकुरी मार्शल आर्टस्का खेलाडीहरुको ग्रेडिङ कार्य सम्पन्न

नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघले देशभर केन्पो खुकुरी मार्शल आर्टस्का खेलाडीहरुको ग्रेडिङ कार्य सम्पन्न गरेको छ । मंगलबार भक्तपुरको कौशलटारमा आयोजित कार्यक्रममा खेलाडीहरुलाई बिभिन्न तहको ग्रेडिङ प्रमाणपत्र वितरण गरिएको हो ।

संघका केन्द्रिय अध्यक्ष एवं एसिया प्रमुख डा. पुर्ण प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा आई के एफका बोर्ड सदस्य इशान नाजिफीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि इशानले खुकुरी मार्शल अमेरिका, चिन, जापानलगायतको जस्तो नभई नेपाली खुकुरी जस्तै शानको बनाउन लागि पर्नुपर्नेमा जोड दिए । नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघका अध्यक्ष पुर्ण प्रसाद पाण्डेले केन्पो खुकुरी मार्शल आर्टस् खेललाई सबै पालिकामा पु¥याउने र कम्तिमा एक पालिका सय खेलाडी बनाउने र १५२ देशमै यो खेललाई चिनाउन लागि पर्ने बताए ।
प्रमुख अतिथि इशान र खेलाडीहरुले खुकुरी मार्शल आर्टस् सम्बन्धी बिभिन्न खेल प्रदर्शन गरेको कार्यक्रममा नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघका सल्लहकार डा. चुडादेब लामा, वरिष्ठ उपाध्यक्ष कुमार कार्की, उपाध्यक्ष निरोज पाण्डेलगायतले सम्बन्धित विषयमा बोलेका थिए ।

कार्यक्रममा आईकेफका बोर्ड सदस्य इशानले नेपाल केन्पो मार्शल आर्टस् संघका बरिस्ठ उपाध्यक्ष कुमार कार्की र निरज वाईबालाई डा. उपाधिले सम्मान गरिएको थियो।

फाेटाेमा हेर्नुहाेस्...

केन्पो खुकुरी मार्शल आर्टस्का खेलाडीहरुको ग्रेडिङ कार्य सम्पन्न

Comments